मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.25/5.00)
Text size:-
+
-

प्रिमियरमा ‘जय हो’को कुन पक्ष रुचाइयो ?

फिल्मीखबर, काठमाडौं, 2023/08/24

यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘जय हो’ प्रिमियरमा रुचाइएको छ । बुधबार काठमाडौंको रञ्जना सिनेप्लेक्समा आयोजित प्रिमियरमा फिल्मको छायांकन पक्षदेखि कलाकारको अभिनयसम्मको प्रशंसा भयो । अभिनेता हरिवंश आचार्यले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । उनले हरेक कलाकारहरुको अभिनय एकसेएक रहेको बताउँदै निर्देशन र छायांकनको प्रशंसा गरे ।

 

jay ho (1)


चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले सलोन बस्नेतले फरक भूमिकामा पनि प्रशंसनीय काम गरेको बताए । उनले भने, ‘सलोनलाई कमेडी भूमिकामा बढी देखिएको थियो । यसमा उसको भिन्न रोल छ । उसले इमोसनल भूमिकामा राम्रो गर्न सक्छ भन्ने मलाई विश्वास थियो । र, उसले राम्रो गरेको छ ।’ भुवनले फिल्मका अन्य कलाकारको अभिनयको पनि प्रशंसा गरे ।

 

jay ho


अभिनेत्री गौरी मल्लले फिल्ममा केकी अधिकारीको काम उत्कृष्ट लागेको बताइन् । उनले सलोनको अभिनयको पनि तारिफ गरिन् । अर्की अभिनेत्री पूजा शर्मालाई भने फिल्मको छायांकन पक्षले लोभ्यायो । उनी भन्छिन्, ‘सौरभ लामाको छायांकन एकदमै राम्रो छ । मुस्ताङ त्यसैमा स्वर्ग हो, फिल्ममा झन् राम्रोसित देखाइएको छ ।’ उनले हरेक कलाकारको काम राम्रो रहेको पनि बताइन् ।

 

jay ho (1)


निर्मात्री पुनम गौतमलाई पनि केकीको कामले मन जित्यो । ‘मलाई केकीको काम विशेष मनपर्‍यो । समग्रमा फिल्म राम्रो बनेको छ । फिल्मले सन्देश पनि दिएको छ,’ उनले भनिन् । गायक यम बरालले फिल्म राम्रो बनेको बताए । त्यस्तै, निर्देशक तथा कलाकार नरेश पौड्यालले क्लाइमेक्स सबैभन्दा सानदार रहेको प्रतिक्रिया दिए । उनले सलोनको अभिनय पनि राम्रो रहेको बताएका छन् ।

 

jay ho (1)


प्रिमियरमा प्राप्त प्रतिक्रियाले सलोन र केकी उत्साहित देखिएका थिए । टेक पौखरी राई निर्देशित फिल्ममा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ, कुमार थिङ, सुबि मगरको पनि अभिनय रहेको छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा सुरज ल्वागन (सरकार) र राज के अधिकारी रहेका छन् । फिल्म कमेडी-लभस्टोरी कथामा बनेको छ ।