मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

लक्ष्मी गिरी र शिव श्रेष्ठलाई दीर्घ साधना सम्मान प्रदान गरिने, एक नाममा उठ्यो प्रश्न

फिल्मीखबर, काठमाडौं, 2023/08/26
film bord
 
चलचित्र विकास बोर्डले २०७८ र २०७९ को राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान एकसाथ वितरण गर्ने भएको छ । राष्ट्रपतिबाट प्रदान गरिने पुरस्कार तथा सम्मान कार्यक्रम यही भदौ १२ गते राष्ट्रपति कार्यालय शितल निवासमा हुने बोर्डले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ । साथै, बोर्डले दीर्घ साधना सम्मान र विशेष योगदान सम्मानबाट सम्मानित हुनेको सूची समेत सार्वजनिक गरेको छ ।
 
दीर्घ साधना सम्मानबाट लक्ष्मी गिरी र शिव श्रेष्ठलाई सम्मानित गरिने भएको छ भने विशेष योगदान सम्मान ३५ जनालाई प्रदान गर्ने बोर्डले निर्णय गरेको छ । विशेष योगदान सम्मान निर्देशक, निर्माता, कलाकार, प्राविधिक, पत्रकारलाई प्रदान गरिँदैछ । दीर्घ साधना सम्मान र विशेष योगदान सम्मान कार्यक्रममा १० विधामा राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रिय चलचित्र पुरस्कार पनि वितरण गरिनेछ ।
 
यसअघि सम्मान समारोहमै दीर्घ साधना सम्मान र विशेष योगदान सम्मानबाट सम्मानित हुनेको नाम सार्वजनिक गरिन्थ्यो । तर, अघिल्लो वर्ष विशेष योगदान सम्मानबाट सम्मानित हुने केही व्यक्तिको नाममा विवाद भएपछि यसपटक राष्ट्रपति कार्यालयले पहिल्यै नामावली सार्वजनिक गर्न बोर्डलाई दबाब दिएको थियो । यसैले बोर्डले सम्मानित हुनेको सूची पहिल्यै सार्वजनिक गरेको हो ।
 
film bord
 
तर, यसपटक पनि विशेष योगदान सम्मानको सूचीमा उल्लेखित एक नामलाई लिएर विवाद हुने देखिन्छ । एनआरएनए (युएई)का निर्वतमान अध्यक्ष ठाकुर प्रसाद ढुंगानालाई उक्त सम्मान प्रदान गरिँदैछ, जसको फिल्म क्षेत्रमा कुनै योगदान छैन । गत वर्ष बोर्डले दुबईमा आयोजना गरेको एक फेस्टिभलमा उपस्थित भएर एक फिल्म घोषणा गरेकै भरमा उनलाई सम्मान गर्न लागिएको भन्दै टिप्पणी हुन थालेको छ ।