मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘राष्ट्रिय चलचित्र पुरस्कार’मा हरिवंश र दीया उत्कृष्ट

फिल्मीखबर, काठमाडौं, 2023/08/29

film award (1)

 

चलचित्र विकास बोर्डले मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार समारोह’मा फिल्म ‘महापुरुष’बाट हरिवंश आचार्यले उत्कृष्ट अभिनेता र फिल्म ‘प्रकाश’बाट दीया मास्केले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वितरण गरिएको अवार्ड ग्रहण गर्नका लागि हरिवंश स्टेज चढेका थिए भने दीया अनुपस्थित थिइन् ।

 

haribansha acharya


उत्कृष्ट निर्देशक ‘प्रकाश’बाट दिनेश राउत घोषित भए । लेखन विधाको अवार्ड ‘चिसो मान्छे’बाट दीपेन्द्र के. खनालले प्राप्त गरेका छन् भने ‘लप्पन छप्पन २’बाट पुरुषोत्तम प्रधान उत्कृष्ट छायांकार, ‘दोख’बाट निमेष श्रेष्ठ उत्कृष्ट सम्पादक र आदिवासी जनजाती फिल्मतर्फ ‘ह्युलन छयाँबा’ घोषित भए । सो समारोहमा २०७८ र ०७९ को विशेष फिल्म पनि घोषणा गर्दै प्रमाणपत्र प्रदान गरियो ।

 

dinesh raut


२०७८ सालको विशेष फिल्म ‘टुल्की’ र ‘नीरमाया’ बन्न सफल भए भने २०७९ सालको विशेष फिल्म ‘बुलाकी’, ‘प्रसाद २’ र ‘चिसो मान्छे’ घोषित भए । ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा विनिथ द ब्रेभरी’ले भने जुरी अवार्ड (निर्णायक विशेष छनोट) प्राप्त गरेका छन् । यसपटक मुख्य विधा अर्थात् उत्कृष्ट फिल्मतर्फ भने अवार्ड बाँडिएन । जसले गर्दा राष्ट्रिय चलचित्र पुरस्कार विवादित बनेको छ ।

 

dipendra k khanal


अवार्ड वितरणपश्चात् लक्ष्मी गिरी र शिव श्रेष्ठलाई राष्ट्रपतिसहित सूचना प्रविधि रेखा शर्मा र चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले ३ लाख ७५ हजार नगदसहित दीर्घ साधना सम्मान प्रदान गरे । त्यस्तै, ३५ जनालाई विशेष योगदान सम्मानबाट सम्मानित समेत गरियो । पुरस्कार तथा सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले स्वास्थ्य समस्याका कारणले आफ्नो मन्तव्य राखेका थिएनन् ।