मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

नयाँ लुक्समा झरना, तिरुपति मन्दिरमा चढाइन् कपाल

फिल्मीखबर, काठमाडौं, 2023/08/30

jharana thapa

 

सुन्दरी अभिनेत्रीको रुपमा कहलिएकी अभिनेत्री टर्न निर्देशक झरना थापा मंगलबार राष्ट्रपति कार्यालयमा चलचित्र विकास बोर्डद्वारा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार समारोह’मा नयाँ लुक्समा देखिँदा धेरैको ध्यान खिच्यो । उनी छोटो कपालमा देखिएकी थिइन् । जसले गर्दा उनले कपाल काट्नुको रहस्यबारे धेरैले चासो राखेका थिए । खासमा उनले कपाल काटेको नभइ खौरिएकी रहेछिन् ।

उनले २ महिना अगाडि भारतको आन्द्रा प्रदेशमा रहेको विश्वकै प्रख्यात तिरूपति बालाजी मन्दिरमा कपाल चढाएको जनाइएको छ । उक्त मन्दिरमा कपाल चढाएपछि मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । तीर्थालुले बालाजी मन्दिरमा कपाल दान गर्दा १० गुणा बढी धन लाभ हुने र लक्ष्मीको सधैंभरि कृपा रहने विश्वास रहिआएको छ । त्यसैले झरनाले पनि उक्त मन्दिरमा कपाल दान गरेकी हुन् ।

राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा विशेष योगदान सम्मान प्राप्त गरेकी उनी केही दिनअघि एक पत्रकार भेटघाट कार्यक्रममा भने कपाल लुकाएर प्रस्तुत भएकी थिइन् । धर्मकर्ममा आस्था र विश्वास राख्ने उनले आफ्ना हरेक फिल्मको साइत हेराएर वा पूजाआजा गरेर मात्र निर्माणदेखि प्रदर्शन गर्ने गर्छिन् । र, निर्देशनमा होमिएदेखि उनलाई फिल्मको व्यावसायिक सफलता पनि टुटेको छैन ।

झरना निर्देशित नयाँ फिल्म ‘एक भगवत् गीता’ आगामी भदौ २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । ‘ए मेरो हजुर’को तीनवटा सिरिजबाट हिटमा ह्याट्रिक गरेकी उनलाई यसपटक पनि हिटको दबाब छ । पोस्टर तथा टिजरले एकखालको चर्चा बटुलिसकेको फिल्ममा सुहाना थापा, विपिन कार्की र धीरज मगरको मुख्य भूमिका रहेको छ । फिल्ममा विपिन ‘ट्रान्सजेन्डर’को भूमिकामा छन् ।