मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सञ्चारमन्त्रीलाई भेटेपछि भुवन केसीलक्षित प्रदीपको आरोप- ‘व्यक्तिगत रिसइबी साँधियो’

फिल्मीखबर, काठमाडौं, 2023/08/30

मंगलबार चलचित्र विकास बोर्डले राष्ट्रपति कार्यालयमा आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कारमा मुख्य विधा (उत्कृष्ट फिल्म) नै गायब भएपछि अवार्ड विवादको भुमरीमा फसेको छ । जुरीले उक्त विधामा ‘प्रकाश’को नाम सिफारिस गरेको तर सञ्चार तथा सूचना मन्त्रालयले सरकारमा रहेको माओवादीप्रति लक्षित गरेर फिल्म बनेकाले नाम काटेर पठाएको चर्चा मिडियामा भैरहेको छ ।

 

Pradeep Khadka


‘प्रकाश’को नाम ‘उत्कृष्ट फिल्म’बाट मन्त्रालयले हटाएको विषय बाहिर आएपछि बुधबार फिल्मका मुख्य अभिनेता प्रदीप खड्काले सञ्चारमन्त्री रेखा शर्मासँग मन्त्रालयमै भेट गरेका छन् । उनको साथमा ‘प्रेमगीत’ निर्माता सन्तोष सेन र अभिनेता प्रेम पुरी पनि थिए । मन्त्रीसँग भेटपछि प्रदीपले ‘प्रकाश’सँग सरकार डराएको नभइ आफूसँग व्यक्तिगत रिसइबी साँधिएको निष्कर्ष निकालेका छन् ।

प्रदीपले बोर्ड अध्यक्ष भुवन केसीप्रति लक्षित गर्दै लेखेका छन्, ‘समग्रमा बुझ्दा सरकार र पार्टीको बहानामा व्यक्तिगत रिसइबी साँध्न मन्त्रालय साथै पूरा सरकारको नाम प्रयोग भएको बुझियो ।’ फिल्मसँग सरकार नभइ लेखक (विकास सुवेदी), आफू र ‘प्रेमगीत ३’सँग व्यक्ति विशेष डराएको उनको ठोकुवा छ । प्रदीपले व्यक्ति विशेष भनेर बोर्ड अध्यक्ष केसीप्रति लक्षित गरेको स्पष्ट बुझिन्छ ।

 

pradeep khadka


निर्देशक र नायिकाले अवार्ड पाउनुले ‘प्रकाश’प्रति सरकारको कुनै पूर्वाग्रह नरहेको बताउँदै उनले दिग्भ्रमित गर्ने हिसाबले गरिएको कानुनको उपहासको दोष कुनै पार्टीमाथि थोपारेर पानीमाथिको ओभानो बन्न खोजिएको आरोप लगाएका छन् । अब सूचनाको हक प्रयोग गर्दै उत्कृष्ट फिल्म किन घोषणा भएन भनेर प्रश्न गर्ने र आवश्यक परेमा कानुनी प्रक्रियामा समेत जाने उनको चेतावनी छ ।