मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलमा ‘ऐंचो पैंचो’ भर्सेस ‘गणपति’, दुवैमा मुकुन

फिल्मीखबर, काठमाडौं, 2023/08/31

फिल्म रिलिजका लागि भदौ उचित महिना मानिन्छ । पानी पर्ने सम्भावना न्यून रहने र चाडपर्वको रौनक हुने भएकाले हरेक वर्षको भदौमा नेपाली फिल्मबीच ठूलो प्रतिस्पर्धा हुने गर्छ । यसपालि पनि भदौमा फिल्म रिलिजको बाढी छ । अघिल्ला दुई हप्तामा मात्र चार नेपाली फिल्म प्रदर्शनमा आइसकेका छन् । र, यो हप्ताका लागि दुईटा फिल्म ‘ऐंचो पैंचो’ र ‘गणपति’ले प्रदर्शन थालेका छन् ।

जनैपूर्णिमा तथा गाईजात्राको सार्वजनिक विदा भएकाले यी दुई फिल्म बिहीबारबाटै प्रदर्शन भएका हुन् । नभए शुक्रबार मात्र फिल्म रिलिजको प्रचलन छ । रोचक संयोग चाहिँ के जुरेको छ भने दुईवटै फिल्ममा प्रमुख कलाकार एउटै छन्, मुकुन भुषाल र राजाराम पौडेल । यद्यपि, दुवै फिल्मको विषयवस्तु नितान्त फरक छन् । तर पनि भिडन्तको असर दुवै फिल्मको व्यापारमा देखिन सक्नेछ ।

 

aaicho paicho


‘काले केटाले’ गीतको लोकप्रियताका कारण चर्चामा रहेको ‘ऐंचो पैंचो’मा नाम चलेका कलाकारहरुको जत्था छ । प्रचार पनि चुस्त थियो । यसैले देशका अधिकांश मल्टीप्लेक्स हलहरुले फिल्मप्रति ठूलो अपेक्षा राखेर सुखद शो बाँडेका छन् । त्यसमाथि प्रदर्शनको पहिलो दिन नै सार्वजनिक विदाको अवसर मिलेको छ । जसका कारण फिल्मको ओपनिङ राम्रो रहन सक्ने प्रक्षेपण गरिएको छ ।

फिल्म निर्माणमा १५ वर्षको अनुभवपछि ‘ऐंचो पैंचो’बाट कृषा चौलागाईंले निर्देशकीय यात्रा सुरु गरेकी छन् । यो फिल्ममा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुषाल, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी आदिको अभिनय रहेको छ । फिल्ममा अभिमन्यू निरवीको लेखन र पुरुषोतम प्रधानको छायांकन छ ।

‘गणपति’लाई भने निर्माताले नामजस्तै भगवान् भरोसामा छाडिदिएका छन् । अर्थात् प्रचारबिनै फिल्म हलमा लागेको छ । फिल्मको ट्रेलर र ‘उनभित्र गुन’ गीत भने रुचाइएको छ । सबिन अधिकारीको निर्देशन रहेको फिल्ममा मुकुन र राजारामसँगै मेनुका प्रधान, सूर्यमाला खनाल, प्रकाश घिमिरे, सुशील पोखरेललगायतको अभिनय छ । फिल्मको प्रस्तुतकर्तामा रामप्रसाद रिजाल रहेका छन् ।