मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ऐंचो पैंचो’ प्रिमियर : वर्षाको अभिनयको प्रशंसा

फिल्मीखबर, काठमाडौं, 2023/08/31

‘ऐंचो पैंचो’ रिलिजपूर्वसम्म अभिनेत्री वर्षा राउतको रोल काटिएको चर्चाले मिडिया गर्माएको थियो । तर, बुधबार साँझ काठमाडौंमा आयोजित प्रिमियरमा सबैभन्दा बढी प्रशंसा वर्षाले नै कमाएकी छन् । गम्भीर भूमिकामा रहेकी उनले मनछुने अभिनय गरेको भन्दै प्रायःले प्रिमियरमा उनको प्रशंसामा शब्द खर्चिए । उनका साथै अभिनेता सुशील सिटौलाले पनि अभिनयको तारिफ पाएका छन् ।

 

aaicho paicho


निर्देशक शोभित बस्नेतले भनेका छन्, ‘मिडियामा वर्षाको रोल काटिएको भन्ने चर्चा चलेको थियो । तर, काटिएको रहेनछ । वर्षाको गजबै रोल छ ।’ ‘ऐंचो पैंचो’को कथावस्तुले नेतालाई दुखी र आफ्नो पीडा देखाएकोमा कार्यकर्तालाई खुसी बनाउने उनको बुझाई छ । सबै राजनीतिकर्मीले फिल्म हेर्नेपर्ने उनी बताउँछन् । उनका छोरा तथा अभिनेता सलोन बस्नेतले पनि फिल्म राम्रो रहेको बताए ।

त्यस्तै, निर्देशक तथा कलाकार दीपाश्री निरौलाले फिल्म राम्रो रहेको बताउँदै राजनीतिले समाजमा पारेको प्रभावलाई सशक्त ढंगले प्रस्तुत गरिएको बताइन् । वर्षाका श्रीमान् तथा अभिनेता संयोग कोइरालाले फिल्म समसामयिक रहेको र हेरुन्जेल मज्जा आएको प्रतिक्रिया दिए । निर्देशक एभरेष्ट सूर्य बोहोराले फिल्म मनोरञ्जनात्मक रहेको बताउँदै अहिलेकै माहोललाई चित्रण गरिएको बताए ।

सांसद् ज्ञानेन्द्र शाहीले फिल्मले यथार्थ पक्ष देखाएको धारणा राखे । फिल्ममा कुनै बनावटी नभएको र राजनीतिज्ञकै कथा देखाएको उनको ठम्याइ छ । अर्का सांसद् प्रेम आलेले फिल्म असाध्धै राम्रो बनेको भन्दै प्रशंसा गरे । राजनीतिकर्मीले आफूलाई सच्चाउनुपर्ने सन्देश फिल्मले दिएको उनको बुझाई छ । अर्की सांसद् शोभिता गौतमले फिल्मले समाजको राम्रो ऐना प्रस्तुत गरेको तर्क गरिन् ।

प्रिमियरमा फिल्मकर्मीहरुका साथै नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कांग्रेस नेता प्रदीप पौडेल, एमाले नेता महेश बस्नेतलगायतको उपस्थिति थियो । प्रिमियरमा प्राप्त सकारात्मक प्रतिक्रियाले निर्देशक कृषा चौलागाईं खुसी देखिएकी थिइन् । दर्शकले पनि फिल्म रुचाउनेमा उनी विश्वस्त देखिइन् ।

 

aaicho paicho


यो फिल्ममा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुषाल, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी आदिको अभिनय छ । फिल्ममा अभिमन्यू निरवीको लेखन र पुरुषोतम प्रधानको छायांकन रहेको छ । ‘काले केटाले’ गीतका कारण चर्चामा रहेको ‘ऐंचो पैंचो’ले राजनीतिलाई मियो बनाएर कथावाचन गरेको छ ।

 

तस्वीर : सुरज धामी