मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ऐंचो पैंचो’लाई विदाको फाइदा, बक्स अफिसमा सुखद सुरुवात

फिल्मीखबर, काठमाडौं, 2023/08/31

जनैपूर्णिमा तथा गाईजात्राको सार्वजनिक विदालाई लक्षित गरेर बिहीबारबाट प्रदर्शनको मैदानमा उत्रिएको कृषा चौलागाईं निर्देशित फिल्म ‘ऐंचो पैंचो’ले बक्स अफिसमा सुखद सुरुवात गरेको छ । बिहानी शो अपेक्षाकृत नभए पनि दिउँसोबाट फिल्मले गति लिएको थियो । दिउँसो २ बजेपछिको धेरैजसो शोमा ८० प्रतिशतमाथि अकुपेन्सी रहेको वितरक कम्पनी आरआर फिल्म्सले जनाएको छ ।

 

swostima khadka and barsha raut


वितरक रोहित कट्टेलले फिल्मलाई अत्यन्त राम्रो ओपनिङ मिलेको दाबी गरे । बिहीबारको अकुपेन्सीलाई मध्यनजर गर्दै शुक्रबार र शनिबारका लागि केही मल्टीप्लेक्सहरुमा शो संख्यामा समेत वृद्धि भएको उनले जानकारी गराए । ‘वर्ड अफ माउथ’ राम्रो रहेकाले फिल्मले हलमा लामो यात्रा गर्ने उनको विश्वास छ । उनले बिहीबार मोफसलमा पनि फिल्मको व्यापार सन्तोषजनक रहेको बताए ।

 

swostima khadka and barsha raut (3)


फिल्मको दिवा र रात्रिकालिन शोमा सुखद अकुपेन्सी देखिएपछि निर्देशक चौलागाईं, कलाकारहरु स्वस्तिमा खड्का, वर्षा राउत, सुशिल सिटौला र कोशिस क्षेत्रीले काठमाडौंका केही हलमा पुगेर दर्शकको प्रतिक्रिया बुझेका थिए । कृषाले फिल्मलाई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको भन्दै खुसी व्यक्त गरिन् । शुक्रबार र शनिबार फिल्मले थप ‘पिकअप’ लिनेमा उनी विश्वस्त देखिन्छिन् ।

 

swostima khadka and barsha raut (3)


राजनीतिलाई मियो बनाएर कथावाचन गरेको यो फिल्म ‘काले केटाले’ गीतका कारण चर्चामा थियो । फिल्ममा मुकुन भुषाल, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायतको पनि अभिनय रहेको छ । फिल्ममा अभिमन्यु निरवीको लेखन र पुरुषोत्तम प्रधानको छायांकन छ । फिल्ममा वर्षा र सुशिलको अभिनयको निकै प्रशंसा भैरहेको छ ।