मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशकको हातमा स्वस्तिमाको अभिनय

फिल्मीखबर, काठमाडौं, 2023/09/08

सशक्त कलाकार त्यो हो, जसले जुनसुकै भूमिकामा पनि जीवन्त अभिनय गर्न सक्छ र चरित्रमा विविधता पस्किन सक्छ । ‘बुलबुल’ र ‘चिसो मान्छे’मा गरेको अभिनयको आधारमा अभिनेत्री स्वस्तिमा खड्कालाई यो कोटीमा राख्न सकिन्छ । तर, निर्देशकअनुसार उनको अभिनयमा देखिने परिवर्तन भने अचम्मको छ । कुनैमा उनको अभिनय सशक्त हुने गर्छ भने कुनैमा विर्सनलायक रहन्छ ।

‘बुलबुल’ र ‘चिसो मान्छे’ उनले आफ्नो अभिनयको सर्टिफिकेट देखाउने सशक्त फिल्म हुन् । यी दुई फिल्ममा उनले चरित्र निर्माण र अभिनयमा गरेको मिहिनेत पर्दामा देखिन्छ । ‘बुलबुल’बाट त उनले राष्ट्रिय अवार्ड समेत जितेकी थिइन् । तर, उनै स्वस्तिमाको अभिनय अरु फिल्ममा भने सम्झनलायक रहन सकेको छैन । प्रायःमा उनको भूमिका र अभिनय दुवैमा पर्याप्त कमजोरी भेटिन्छ ।

 

कलाकारलाई 'सेल'मा राखेर हेर्नु हुँदैन' : स्वस्तिमा


‘हजार जुनीसम्म’, ‘चपली हाइट ३’, ‘नाईं नभन्नू ल ५’, ‘घामड शेरे’ र अहिले प्रदर्शनरत फिल्म ‘ऐंचो पैंचो’मा स्वस्तिमाको अभिनयले राष्ट्रिय अवार्ड जितेको साख समेत जोगाउँदैन । ‘ऐंचो पैंचो’को प्रिमियरमा एकजना महिला निर्देशकले फिल्मीखबरसँग ‘अफ रेकर्ड’ भनेकी थिइन्, ‘स्वस्तिमा ‘निर्देशकको हिरोइन’ रहेछिन् ।’ उनको आशय स्वस्तिमाको अभिनय निर्देशकमा निर्भर रहने भन्ने थियो ।

हुन पनि ‘बुलबुल’ र ‘चिसो मान्छे’मा उनैबाट निर्देशकले प्रशंसनीय काम निकाले । जसमा उनको पनि मिहेनत देखिन्थ्यो । तर, अरु फिल्ममा उनको अभिनयले आलोचना बढी कमाएका छन् । राष्ट्रिय अवार्ड जितिसकेकाले पनि स्वस्तिमालाई अभिनयमा कमजोर हुन छुट दिँदैन । यसका लागि उनले फिल्म छनोटदेखि अभिनयसम्ममा विशेष ध्यान दिनुपर्ने हुन्छ । जसमा उनी चुकिरहेकी छन् ।

टिजर र ट्रेलरबाट ‘ऐंचो पैंचो’मा उनको भूमिका र अभिनय सशक्त हुनसक्ने देखिएको थियो । तर, फिल्ममा निराश बनाउने जिम्मा उनकै छ । बरु कम ‘स्क्रिन टाइम’मा रहेकी वर्षा राउत सशक्त छिन् । निर्देशकको भूमिकाले कलाकारको अभिनयमा फरक पार्छ नै । तर, एउटै फिल्ममा एउटाको राम्रो र अर्कोको कमजोर अभिनय कसरी हुन सक्छ ? स्वस्तिमाले आत्मसमीक्षा गर्नुपर्ने देखिन्छ ।