मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नाटक र फिल्मपछि पुस्तकमा खगेन्द्रको ‘पानीफोटो’

फिल्मीखबर, काठमाडौं, 2023/09/11

patifoto book

 

सन् २०१० मा गुरुकुलमा मञ्चन भएको सुपरहिट नाटक थियो, ‘पानीफोटो’ । माओवादी जनयुद्धको समयमा बेपत्ता भएको छोराको पर्खाइमा बसेका बाआमाको कथामा नाटक आधारित थियो । त्यही नाटकको कथामा फिल्म ‘पानीफोटो’ समेत निर्माण भयो, जुन अघिल्लो वर्ष सार्वजनिक प्रदर्शनमा आएको थियो । नाटक र फिल्म दुवैमा खगेन्द्र लामिछानेको लेखन, निर्देशन र अभिनय थियो ।

अब खगेन्द्रले ‘पानीफोटो’ नाममै पुस्तक सार्वजनिक गरेका छन् । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच कलाकार तथा निर्देशक नीर शाह, अभिनेत्रीहरु ऋचा शर्मा, स्वस्तिमा खड्का, सुरक्षा पन्त, मलिका महत, निर्देशकहरु अशोक शर्मा, निश्चल बस्नेत, दीपेन्द्र खनाललगायतले संयुक्त रुपमा विमोचन गरेको पुस्तकमा खगेन्द्रले फिल्म निर्माण, लेखन र निर्देशनको अनुभवलाई उतारेका छन् ।

फिल्म कसरी बन्छ भन्ने सन्दर्भमा रहेर आफूले पुस्तक लेखेको लेखक लामिछानेले जानकारी गराए । फिल्म निर्माणको प्रक्रिया बुझ्न चाहनेका लागि पुस्तक विशेषतः लाभदायक हुनसक्ने उनको विश्वास छ । कोरोना महामारीका कारण जारी लकडाउनको समयमा उनले ‘पानीफोटो’ पुस्तक लेखेर भ्याएका थिए । नाटक र फिल्ममा उठान गरिएको कथालाई भने उनले पुस्तममा उतारेका छैनन् ।

पुस्तक विमोचन कार्यक्रममा कलाकार नीर शाहले लेखक लामिछानेले पुस्तकमार्फत देखाएको फिल्मप्रतिको प्रतिबद्धता सराहनीय रहेको भन्दै प्रशंसा गरे । पुस्तक फिल्मको पाठ्यक्रममै राख्न योग्य रहेको बताउँदै उनले भने, ‘फिल्म पढ्ने विद्यार्थीलाई ग्य्राजुएसन गर्न चाहिने सम्पूर्ण विषयवस्तु यो पुस्तकभित्र छ ।’ फिल्म बनाउन हिँडेकाहरुले एकपटक ‘पानीफोटो’ पढ्नुपर्ने शाहको सुझाव छ ।