मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विना अवरोध सेन्सरबाट निस्कियो ‘एक भागवत र एक गीता’

फिल्मीखबर, काठमाडौं, 2023/09/12

jharana thapa

 

‘एक भगवत् गीता’ शीर्षकलाई लिएर ठूलो विवाद जन्मिएको थियो । केही धार्मिक संस्थाहरुले हिन्दू धर्मग्रन्थबाट नाम लिएर फिल्म बनाएकोमा आपत्ति जनाउँदै चलचित्र विकास बोर्डदेखि सञ्चार मन्त्रालयसम्म नाम हेर्न माग गर्दै निवेदन दिएका थिए । अन्ततः ठूलो माथापच्चीपछि आइतबार बोर्डको रोहवरमा नयाँ शीर्षक ‘एक भागवत र एक गीता’मा सहमति जुटाउँदै विवादलाई अन्त्य गरियो ।

नामलाई लिएर विवाद उत्पन्न भएपछि बोर्डले दुई पक्षबीच सहमति जुटाउनका लागि फिल्मको सेन्सर सिफारिस अड्काएर राखेको थियो । जबकि, निर्माण इजाजत दिइसकेको फिल्मको सेन्सर सिफारिस रोक्ने अधिकार बोर्डलाई थिएन । र, यस विषयमा बोर्डको चौतर्फी रुपमा विरोध भयो । विवाद टुंगिएपछि बोर्डबाट सेन्सर सिफारिस पाएको फिल्म विना अवरोध सेन्सरबाट निस्किएको छ ।

मंगलबार बिहान सञ्चार मन्त्रालयमा सेन्सर बोर्डका पदाधिकारीहरुले फिल्म हेरेपछि ‘यूनिभर्सल सर्टिफिकेट’ दिएका छन् । यसको अर्थ फिल्मलाई सबै उमेर समुहका दर्शकले हेर्न पाउनेछन् । २ घण्टा १९ मिनेट २९ सेकेण्ड लम्बाईको फिल्ममा सेन्सर बोर्डले कुनै पनि दृश्य तथा संवादमा कैँची नचलाएको निर्माण पक्षले जानकारी गराएको छ । यो फिल्म यही शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ ।

झरना थापा निर्देशित फिल्ममा विपिन कार्की, सुहाना थापा, जेभिन श्रेष्ठ, जेभिस श्रेष्ठ, धीरज मगर, कबीर खड्का आदिको अभिनय छ । फिल्मको कन्सेप्ट सुहाना थापा र कथा झरना थापाको हो । फिल्ममा झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा तथा परिक्षेद, पुरुषोत्तम र सरिनको संवाद लेखन छ । फिल्मले लैंगिक अल्पसंख्यकको कथामा आधारित छ ।