मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्मको नयाँ शीर्षकमा सन्तुष्ट छु : झरना थापा

फिल्मीखबर, काठमाडौं, 2023/09/13

फिल्म ‘एक भगवत् गीता’ नामलाई लिएर उत्पन्न विवाद टुंगिसकेको छ । केही हिन्दूवादी संस्थाहरुले धर्मग्रन्थ ‘श्रीमद्भगवद गीता’को नाममा फिल्म निर्माण गरेकोमा आपत्ति जनाउँदै शीर्षक परिवर्तन गरिनुपर्ने माग राखेका थिए । आइतबार चलचित्र विकास बोर्डको रोहवरमा फिल्मको टिम र धार्मिक संगठनहरुबीच ‘एक भागवत र एक गीता’ शीर्षकमा सहमति जुटेपछि विवाद टुंगिन पुगेको हो ।

निर्माण पक्ष फिल्म प्रदर्शनको मुखमा रहेकाले शीर्षक परिवर्तन नगर्ने अडानमा थियो । तर, विवादबीच फिल्म प्रदर्शन गर्दा हुनसक्ने दुर्घटनाबाट बच्न निर्माण टिम लचिलो बन्यो । मंगलबार फिल्ममा समावेश मैथिली भाषाको गीत ‘झिँझिँया’ सार्वजनिक कार्यक्रममा निर्देशक झरना थापाले नयाँ शीर्षकमा आफू सन्तुष्ट रहेको बताएकी छन् । साथै, उनले कसैप्रति चित्तदुखाई पनि नरहेको बताइन् ।

 

Ek Bhagawat Ra Ek Gita


झरनाले भनिन्, ‘म नयाँ शीर्षकमा एकदमै सन्तुष्ट छु । किनकि, हामी शीर्षकबाट बाहिर निस्कनु परेन । शीर्षकमै भएको कुरालाई मिलाइयो । त्यसका लागि म खुसी छु । मलाई ‘एक भागवत र एक गीता’ भन्नका लागि समस्या छैन ।’ उनले फिल्मको शीर्षकलाई लिएर भएको विवादको समयमा फिल्मकर्मीसँगै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको पनि साथ मिलेको जिकिर गरिन् ।

शीर्षकलाई लिएर विवाद चलिरहँदा कतिपयले त्यसलाई फिल्म प्रचारको फण्डाको रुपमा समेत टिप्पणी गरेका थिए । तर, निर्माता सुनिल कुमार थापा आफूले फण्डा नगरेको दाबी गर्छन् । ‘फण्डा नै गर्ने भए बोर्डमा किन रुनुपर्थ्यो र ? विगतमा फण्डा गरेर फिल्म चलाएको हामीले प्रशस्त देखेका छौं । त्यही भएर हामीलाई पनि त्यसरी नै सोचियो होला । तर, त्यो फण्डा थिएन,’ उनले प्रष्ट पारे ।

निर्माता थापाले फिल्मको शीर्षक परिवर्तन हुँदा दुःख लागे पनि खुसी हुनुपरेको बताए । उनले भने, ‘हामीले ‘एक भगवत् गीता’लाई छाडेर ‘एक भागवत र एक गीता’ राख्नुपर्‍यो । नामबाट कृष्णजीको मुरली र मयूरको प्वाँख नै हटाउनुपर्‍यो । मनमा दुःख भए पनि खुसी भएर बाँच्नुपरेको छ ।’ उनले विवाद मिलाउन बोर्ड अध्यक्ष भुवन केसीले सहयोग गरेको र कुनै गुनासो नभएको पनि बताए ।