मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘एक भागवत र एक गीता’ र ‘नाङ्गो गाउँ’का लागि ‘जवान’ चुनौती

फिल्मीखबर, काठमाडौं, 2023/09/15

ek bhagwat ra ek geeta and nango gau

 

गत हप्ता प्रदर्शनमा आएको हिन्दी फिल्म ‘जवान’ले नेपाली हलमा एकछत्र कब्जा जमाएको अवस्था छ । ५ महिनादेखि सुनसानझैँ रहेका हलमा दर्शकको चहलपहल देखिएको छ । दोस्रो हप्तामा पनि यो फिल्मलाई मल्टीप्लेक्सहरुले काखी च्यापेका छन् । जसले गर्दा शुक्रबारबाट प्रदर्शनमा आएका दुई नेपाली फिल्म ‘एक भागवत र एक गीता’ र ‘नाङ्गो गाउँ’लाई अपेक्षाकृत शो मिलेको छैन ।

‘जवान’प्रति घरेलू दर्शकको क्रेज नघट्नु र हल व्यावसायीहरुले दोस्रो हप्तामा समेत ठूलो मात्रामा शो बाँड्दा दुई नेपाली फिल्मलाई आक्रामक इनिसिल चुनौतीपूर्ण देखिएको छ । यो चुनौतीसँग लड्न दुवै फिल्मलाई बलियो ‘वर्ड अफ माउथ’को आवश्यकता पर्नेछ । गत बैशाखमा प्रदर्शित ‘जारी’पछि सुस्ताएको नेपाली फिल्मको बजारलाई यी दुई फिल्मले लयमा फर्काउने विश्वास गरिएको छ ।

झरना थापा निर्देशित ‘एक भागवत र एक गीता’ले यौनिक अल्पसङ्ख्यक समुदायको कथालाई उठान गरेको छ । फिल्ममा विपिन कार्की ट्रान्सजेन्डरको भूमिकामा रहेका छन् । फिल्म चल्ने आधार नै उनलाई मानिएको छ । सुनील कुमार थापाको निर्माण रहेको फिल्ममा सुहाना थापा, धीरज मगर, अनुराग कुँवर, कबीर खड्का, जेभिस श्रेष्ठ, जेभिन श्रेष्ठ, संजोग रसाइलीको पनि अभिनय छ ।

त्यस्तै, दीपेन्द्र लामाद्वारा निर्देशित ‘नाङ्गो गाउँ’मा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, साम्राज्ञी आरएल शाह, कार्म, वुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, कमलमणि नेपाल, अंकित खड्कालगायतको अभिनय छ । दयाहाङ र मिरुनाको जोडीलाई यो फिल्मबाट हिटमा ह्याट्रिक गर्ने मौका छन् । यसअघि उनीहरु अभिनीत दुईटा फिल्म ‘कबड्डी ४’ र ‘जारी’ ब्लकबस्टर भएका थिए ।