मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

किन एक वर्षदेखि एक्सन सिक्दैछिन् आँचल ?

फिल्मीखबर, काठमाडौं, 2023/09/15

फिल्ममा एक्सन भूमिका कलाकारका लागि निकै कठिनपूर्ण मानिन्छ । यसका लागि मानसिक र शारीरिक दुवै रुपमा फिट हुनुपर्छ । जिम्नास्टिकदेखि कराँतेसम्म आफूलाई निपूर्ण बनाउनुपर्ने हुन्छ । यो आफैंमा दुःख र मिहिनेतको काम हो । यसैले पनि एक्सनमा रुचि भएका कलाकारहरु नेपालमा ज्यादै न्यून छन् । अभिनेत्री त झन् सिला खोज्नुपर्छ । प्रायः रोमान्टिक भूमिकामै रमाएका छन् ।

 

aanchal sharma


अभिनेत्री आँचल शर्मालाई भने एक्सन फिल्ममा रुचि छ । तर, त्यो साकार हुन पाएको छैन । यद्यपि, उनले एक वर्षदेखि एक्सनको तालिम लिँदै आएकी छन् । उनले बिहीबार इन्टाग्राममा एउटा भिडियो राखेकी छन्, जहाँ उनी छरितो एक्सन गर्दै देखिएका छन् । भविष्यमा एक्सन फिल्मबाट प्रस्ताव आउँदा सहज महसुस होस् भनेर उनले अहिलेदेखि नै त्यसका लागि मिहिनेत गरिरहेकी हुन् ।

‘तत्कालै एक्सन फिल्म गर्न लागेको चाहिँ होइन । सिकिराख्दा भविष्यमा काम लाग्न सक्छ भनेर मात्रै हो,’ आँचलले फिल्मीखबरसँग फोनवार्तामा भनिन्, ‘मलाई पहिल्यैदेखि एक्सन गर्न एकदमै रुचि हो । पहिला म किक बक्सिङको तामिल नै लिन्थेँ । फुर्सदमा हुँदा केही नयाँ सिकौं भन्ने भएर एक्सन सिकेको हुँ । छायांकन नभएको बेलामा म प्रायः एक्सन सिक्ने गर्छु । चाँडै डान्स पनि सिक्दैछु ।’

एक्टिङको वर्कसप समेत लिने तयारीमा रहेकी उनलाई कलाकार भएपछि सबै कुरा आउनुपर्छ भन्ने लाग्छ । ‘म जिम र जिम्नास्टिक त पहिलादेखि सँगसँगै गर्थेँ । कलाकार भएपछि सबै कुरा आउनु पर्छ भन्ने लागेर ह्यान्डस्ट्यान्ड, कार्टबिलहरु सिक्न थालेँ । त्यो गर्दा गर्दै एक्सनका सबै कुरा सिकौं भन्ने लाग्यो । आजको मिहिनेतले भोलि एक्सन फिल्म गर्दा सहज हुन्छ भनेर पनि हो,’ उनले भनिन् ।

यस वर्षका लागि आँचलको सेड्युल ‘प्याक’ भैसकेको छ । असोज पहिलो हप्ताबाट उनी दयाहाङ राईसँग फिल्म ‘डिग्री माइला’को पहिलो चरणको छायांकनमा व्यस्त हुँदैछिन् । दोस्रो चरणको छायांकन मंसिरमा हुनेछ । उनको पाइपलाइनमा ‘पञ्चामृत’ र ‘ह्वाइट हाउस’ पनि रहेका छन् । सम्भवतः यसै वर्ष उनले छायांकन अधुरै रहेको मिलन चाम्सको फिल्म ‘वर एण्ड बधु’ पनि पूरा गर्नेछिन् ।