मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

दर्शकको चाप बढाउँदै ‘एक भागवत र एक गीता’

फिल्मीखबर, काठमाडौं, 2023/09/19

एक भगवत् गीता' विवाद : निर्माताले धार्मिक संस्थालाई बुझाए कथासार

 

तीजको छेको पारेर शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘एक भागवत र एक गीता’को इनिसियल व्यापार उत्साहप्रद रहन सकेन । जसले निर्माण टिमलाई पनि निराश तुल्याएको थियो । तर, तीजको विदाबाट फिल्मले राम्रो गति लिन थालेको छ । टिकटकमा फिल्मभित्रका क्लिप्सहरु भाइरल हुनु र सुखद ‘वर्ड अफ माउथ’को प्रभावले फिल्ममा दर्शक बढ्न थालेको विश्लेषण गरिएको छ ।

तीजको विदामा फिल्मको ६० प्रतिशतमाथि अकुपेन्सी देखिएको थियो । कामकाजी दिन अर्थात् मंगलबार पनि फिल्मको अकुपेन्सी सुखद नै छ । फिल्मका वितरक गोविन्द शाहीले मल्टीप्लेक्सहरुमा हाउसफुल भएका शोको स्क्रिनसट आफ्नो सामाजिक सञ्जालमा साझेदार गरेका छन् । भोलि (बुधबार) संविधान दिवसको विदाको फाइदा पनि फिल्मले राम्रो उठाउने विश्वास निर्माण टिममा छ ।

फिल्मले कछुवाको गतिमा दर्शकको संख्या बढाउन थालेपछि काठमाडौंसहितका मल्टीप्लेक्सहरुले शो संख्यामा समेत वृद्धि गरेका छन् । निर्माण टिममा अब भने आशाको किरण पलाउन थालेको छ । निर्माता सुनील कुमार थापा फिल्मप्रति दर्शक आकर्षित हुन थालेकोमा खुसी देखिएका छन् । फिल्मले घरेलू बजारबाटै लगानी उठाउन २ हप्ता बक्स अफिसमा राम्रो उपस्थिति जनाउनुपर्नेछ ।

 

bhagwat geet



फिल्म यौनिक-लैंगिक अल्पसंख्यक समुदायको कथामा आधारित छ । यो आफैंमा चुनौतीपूर्ण र संवेदनशील विषय हो । फिल्ममा अभिनेता विपिन कार्की तेस्रो लिङ्गीको भूमिकामा रहेका छन् । फिल्ममा दर्शक बढ्न थाल्नुमा उनको लुक्स पनि प्रमुख मानिएको छ । झरना थापाद्वारा निर्देशित फिल्ममा सुहाना थापा, धीरज मगर, जेवीस श्रेष्ठ, जेवीन श्रेष्ठ, कबीर खड्कालगायतको अभिनय छ ।