मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

हिटको बाटोमा ‘नाङ्गो गाउँ’

फिल्मीखबर, काठमाडौं, 2023/09/20

dayahang rai and miruna magar

 

गत बैशाख १ गते प्रदर्शनमा आएको फिल्म ‘जारी’पछि नेपाली फिल्म क्षेत्र दोस्रो हिटको पखाईमा छ । गत असारमा प्रदर्शित फिल्म ‘बगान’ ‘सेमी हिट’ रह्यो । दोस्रो हिटको रेकर्ड भने फिल्म ‘नाङ्गो गाउँ’ले बनाउने लक्षण देखाएको छ । यही शुक्रबारबाट प्रदर्शनमा उत्रिएको यो फिल्मले हलमा उल्लेख्य दर्शक भित्राइरहेको छ । कामकाजी दिनमा समेत फिल्मको अकुपेन्सी ५० प्रतिशतमाथि छ ।

प्रदर्शनको पहिलो दिन नै सुखद दर्शक पाएको फिल्मले शनिबार ८० प्रतिशतमाथि अकुपेन्सी हासिल गरेको थियो । यही अनुपातमा तीजको विदामा पनि फिल्मको अकुपेन्सी देखिएको थियो । बुधबार (आज) संविधान दिवसको विदा रहेकाले फिल्मको व्यापारमा थप उछाल आउन सक्ने प्रक्षेपण गरिएको छ । यो फिल्मले प्रदर्शनको पहिलो हप्तामै हिटको ट्याग पाउने सम्भावना देखिएको छ ।

फिल्मप्रति दर्शकको क्रेज बढ्नुमा तीनटा कारण महत्त्वपूर्ण मानिएको छ । पहिलो, ‘कबड्डी ४’ र ‘जारी’को सुपरहिट जोडी दयाहाङ राई र मिरुना मगरको क्रेज । सुरुवाती व्यापार सुखद हुनुमा यो जोडीको ठूलो योगदान छ । दोस्रो, ‘सुन सुन सुन्दरी’ गीतको बढ्दो लोकप्रियता । यो गीतले पनि हलमा दर्शक तानेको अवस्था छ । तेस्रो, सुखद ‘वर्ड अफ माउथ’को प्रभाव व्यापारमा देखिएको छ ।

अर्को हप्ता ठूला स्वदेशी तथा विदेशी फिल्म नभएकाले ‘नाङ्गो गाउँ’लाई हलमा आफ्नो दबदबा बनाइराख्न थप सहज छ । अहिलेकै अनुपातमा फिल्मप्रति दर्शकको आकर्षण रहेको अवस्थामा फिल्मले हलमा लामो यात्रा गर्नेमा दुईमत छैन । यो फिल्मको व्यापारले फिल्म क्षेत्रमै ठूलो खुसी दिएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्मले राजनीतिक विषयवस्तुलाई उठाएको छ ।