मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्क्रिप्टमा चित्त नबुझेसम्म फिल्म गर्न हतार गर्दिनँ : अनमोल केसी

फिल्मीखबर, काठमाडौं, 2023/09/23

छाड्नका लागि किन फिल्म साइन गर्छन् अनमोल ?

 

यस वर्ष सुदर्शन थापाको ‘रावायण’ र सुयोग गुरुङको ‘फर्की फर्की’ गरी दुई फिल्ममा काम गर्ने योजनामा रहेका अभिनेता अनमोल केसीले आफूलाई स्क्रिप्ट चित्त नबुझेसम्म फिल्म गर्न हतार नगर्ने बताएका छन् । उनले शनिबार फेसबुकमा स्टाटस लेख्दै अब आफ्नो एकमात्र ध्यान प्रोजेक्ट कसरी राम्रो हुन्छ भन्नेमा रहेको र यसका लागि आफू कुनै प्रकारको दबाब र हतारको प्रभावमा नपर्ने दाबी गरेका छन् ।

उनले लेखेका छन्, ‘म कुनै पनि प्रोजेक्टमा आबद्ध हुँदा कसैको निहित व्यक्तिगत स्वार्थमा उपयोग नहुँ भन्नेमा निक्कै गम्भीर छु, त्यसैले मैले अब फिल्म गर्दा जबसम्म स्क्रिप्टमा मेरो पूर्ण चित्त बुझाइ हुँदैन तबसम्म फिल्म गर्न हतार गर्ने छैन चाहे यसका लागि विलम्ब नै किन नहोस्, अबको मेरो एकमात्र ध्यान भनेको प्रोजेक्ट कसरी राम्रो हुन्छ भन्ने हो, यसका लागि अब ममाथि कुनै प्रकारको दबाब वा हतारको प्रभाव हुन्न र हुन दिनेछैन भन्नेमा म दृढ भएको छु ।’

आफूले यति गर्न सकेको खण्डमा मात्र सच्चा कलाकार ठहरिने उनको विश्वास छ । यसले आफूलाई व्यक्तिगतसँगै निर्माताहरुलाई पनि राम्रो हुने उनको धारणा छ । आफूले मेकरको लगानी सुरक्षालाई उत्तिकै ध्यान दिने गरेको बताउँदै उनले आफूमाथिको लगानी केवल आर्थिक अंकगणित मात्र नभएर एउटा व्यावसायिक विश्वास पनि रहेको र त्यो भंग हुन नदिने अठोट व्यक्त गरेका छन् । यो कुरा आफ्नो अब आउने प्रोजेक्टहरुमा लागू हुने उनले स्पष्ट पारेका छन् ।

 

anmol kc


अनमोलको यो स्टाटस ‘रावायण’का मेकरप्रति लक्षित हुनसक्ने आँकलन गरिएको छ । निर्देशक थापा असोज दोस्रो हप्ताबाट फिल्मको छायांकन सुरु गर्ने योजनामा छन् । तर, अनमोलले फिल्ममा दोहोरो भूमिका रहेकाले पूर्वतयारीका लागि समय मागेको बताइएको छ । जसले गर्दा टिमभित्र असमझदारी उत्पन्न भएको चर्चा छ । र, यही समयमा अनमोलको स्टाटस आउनुले बजारको चर्चामा बल पुर्‍याएको छ ।