मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेता राघव चड्ढासँग परिणीतिले गरिन् विवाह

एजेन्सी, मुम्बई, 2023/09/25

Raghav Chadha and Parineeti Chopra (1)

 

बलिउड अभिनेत्री परिणीति चोपडा वैवाहिक जीवनमा बाँधिएकी छन् । उनी आम आदमी पार्टीका नेता तथा सांसद राघव चड्ढासँग विवाह बन्धनमा बाँधिएकी हुन् । आइतबार भारतस्थित उदयपुरको लीला प्यालेसमा उनीहरुको विवाह भएको हो । दुवैले विवाहको तस्विरहरु आ-आफ्नो सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै श्रीमान्-श्रीमती हुन पाउँदा अत्यन्त हर्षित भएको उल्लेख गरेका छन् ।

 

Raghav Chadha and Parineeti Chopra (1)


परिणीति र राघव लेख्छन्, ‘ब्रेकफास्ट टेबलमा हामीबीचको त्यो पहिलो कुराकानीमा नै हामीले थाहा पाइसकेका थियौँ । यो दिनका लागि लामो समय कुर्‍यौँ । अन्ततः श्रीमान्-श्रीमती हुन पाउँदा अत्यन्त हर्षित छौँ । हामी एकअर्काबिना बाँच्नै सक्दैन थियौं । हामी सदाका लागि एकअर्काको भएका छौँ र यो हाम्रो सुरुवात हो ।’ तस्विरहरु हेर्दा उनीहरुको विवाह समारोह भव्य रहेको देखिन्छ ।

 

Raghav Chadha and Parineeti Chopra (1)


परिणीतिले विवाहमा भारतका चर्चित फेसन डिजाइनर मनीष मल्होत्राले तयार पारेको बेज कलर (फिक्का बलौटे रंग)को आकर्षक लेहंगा लगाएकी थिइन् । त्यस्तै, राघव आफ्नो मामा तथा फेसन डिजाइनर पवन सचदेवाद्वारा डिजाइन गरिएको एलीगेन्ट आइवरी कलरको सेरवानीमा ठाटिएका थिए । उनीहरुको विवाह समारोहमा बलिउड तथा राजनीति क्षेत्रका कयौं हस्तीहरु सहभागी थिए ।