मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘नाङ्गो गाउँ’ हेरेपछि हिसिला भावुक, बाबुरामले भने- ‘यथार्थ कथा’

फिल्मीखबर, काठमाडौं, 2023/09/26

भदौ २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘नाङ्गो गाउँ’ हिट सावित भैसकेको छ । पहिलो हप्ताबाटै निर्माताले लगानी सुरक्षित गरेर सिक्वेल निर्माणको समेत घोषणा गरिसकेका छन् । दोस्रो हप्तामा पनि सुखद दर्शक पाइरहेको फिल्मले राजनीतिकर्मीहरुलाई हल तान्न थालेको छ । मंगलबार दिउँसो पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वमन्त्री हिसिला यमी (भट्टराई)ले फिल्म हेरेका छन् ।  

फिल्म हेरिसकेपछि हिसिला भावुक देखिएकी थिइन् । उनी आँखाबाट खसेका आँसु पुस्दै हलबाट बाहिरिएकी थिइन् । बाबुरामले भने फिल्मको कथावस्तु उत्कृष्ट लागेको बताए । मुख्य पात्र ‘पासाङ’ (दयाहाङ राई)ले चुनावमा पराजय भोगेपछि निराश हुँदै गाउँ छाडेको पक्ष भने आफूलाई चित्त नबुझेको उनको भनाई छ । यद्यपि, फिल्ममा आलोचना गर्नुपर्ने ठाउँ नभएको उनको जिकिर छ ।

 

baburam bhattarai and hisila yami


उनले फिल्मको प्रमुख पात्रले राजनीतिमा हार खाएर गाउँ छाडेको जस्तो आफूले भने नछाड्ने दाबी गरे । उनले भने, ‘यसपटक म गोखराबाट चुनावमा नउठ्नुको कारण पनि यही फिल्ममा देखाइएको छ । यो अहिलेको यथार्थ कथा हो । यद्यपि, चुनावमा पराजय हुँदैमा गाउँ छाड्नु हुँदैन भन्ने पक्षमा म छु ।’ उनले निर्देशक दीपेन्द्र लामाले सधैं राम्रो फिल्म बनाउने गरेको भन्दै प्रशंसा पनि गरे ।

यस्तै, हिसिलाले फिल्मको सबै कुराले छोएको बताइन् । उनले पनि बाबुरामले झैँ मुख्य पात्रले गाउँ छाड्ने कुरामा सहमति जनाइन् । ‘फिल्म हेरेर अलि भावुक पनि भएँ । यद्यपि, फिल्ममा देखाइएको सबै चिज यथार्थ छन्,’ उनले भनिन्, ‘चुनावमा पराजय भोगेको मुख्य पात्रलाई फेरि राजनीतिमा फर्काइन्छ कि भन्ने लागेको थियो । तर, त्यसो भएन । त्यो कुरा चाहिँ फिल्ममा खड्किएको पाएँ ।’

हिमाल कडरियाको प्रस्तुतिमा बनेको फिल्ममा दयाहाङसँगै मिरुना मगर, शिशिर वाङ्देल, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म, बुद्धि तामाङ, रविन्द्र झा, विसाल पहारी, अंकित खड्कालगायतको अभिनय छ । राम श्रेष्ठ निर्माता रहेको फिल्म राजनीतिक कथावस्तुमा आधारित छ । चुनावमा पराजय बेहोरेको पासाङ पात्र केही समयपछि गाउँ फर्किने कथामा आगामी वर्ष सिक्वेल निर्माण गरिँदैछ ।