मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘परदेशी २’को झ्याउरे गीतमा प्रकाश र केकीको छमछमी

फिल्मीखबर, काठमाडौं, 2023/09/27

Prakash Saput and Keki Adhikari

 

नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’को झ्याउरे गीत सार्वजनिक गरिएको छ । ‘परदेशी छुकछुके रेलैमा’ बोलको गीतमा निर्देशक रायमाझी, तेजेन्द्र गुरुङ, टिका पुन, देवी घर्ती र ममता गुरुङको स्वर छ भने शब्द रचना तथा संगीत निर्देशक रायमाझी र प्रेमदेव गिरीको छ । गीतमा फिल्मका प्रमुख तीन कलाकारहरु प्रकाश सपूत, केकी अधिकारी र प्रशान्त तामाङ फिचर्ड छन् ।

रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी रहेको गीतमा शेखर घर्ती मगर, पूर्ण लामा र विवेक खड्का, रविता मगर, पवित्रा गुरुङ, विन्दु खड्का, लाक्पा लामा, सरस्वती धिमाल, प्रजी अहिना सुनार आदिको पनि नृत्य छ । फिल्ममा यो गीत कथावाचनको एउटा हिस्सा रहेको निर्देशक रायमाझीले जानकारी दिएका छन् । धेरै वर्षपछि नेपाली फिल्ममा झ्याउरे भाका समावेश भएको हो ।

दशैंको अवसर पारेर असोजको २६ गतेदेखि प्रदर्शनमा आउन लागेको ‘परदेशी २’मा वर्षा सिवाकोटी, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देबेन्द्र बब्लु आदिको पनि विशेष भूमिका छ । राजेश वंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको फिल्ममा रमेश बिजीको लेखन छ । मानकृष्ण महर्जनको छायांकन रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।