मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विजय लामादेखि निखिलसम्मले चौँरी गोठ र शैलुङलाई ‘एक्सप्लोर’ गर्ने

फिल्मीखबर, काठमाडौं, 2023/09/27

Spark Adventure 2023

 

रामेछाप र दोलखाको सीमावर्ती पर्यटकीय टाकुरा शैलुङ (समुन्द्री सतहबाट ३४०० मिटर अग्लो)मा स्पार्क कारले ‘स्पार्क एड्भेन्चर २०२३’ अन्तर्गत आयोजना गर्न लागेको ‘वाइल्ड स्टे विथ चौँरी’मा कलाकार, प्रशासनिक एवं सुरक्षा निकायका विशिष्ट अधिकारीहरु सहभागी हुने भएका छन् । उक्त एड्भेन्चरमा दुईसय बढी सहभागी रहने कार्यक्रम संयोजक अमरदीप भट्टराईले जानकारी दिए ।

असोजको ११ गतेदेखि १३ गतेसम्म हुने ‘स्पार्क एड्भेन्चर’मा क्याप्टेन तथा अभिनेता विजय लामा, एक्सन स्टार निखिल उप्रेती, हाँस्य कलाकार सन्दीप क्षेत्री, लोकगायक प्रेमराजा महत, अभिनेता तथा गायक यश कुमार, मोडल गरिमा शर्मा, लेखक बुद्धि सागर, डा. रन्जित बराल, कमेडियन कैलास कार्की आदिको सहभागिता रहनेछ । असोज ११ गते काठमाडौँदेखि शैलुङको यात्रा सुरु हुनेछ ।
 
असोज १२ गते चौँरी गोठ र सैलुङलाई ‘एक्सप्लोर’ गर्ने आयोजकको तयारी छ । उक्त कार्यक्रममा आन्तरिक पर्यटनको खोजी गर्ने, चौँरी गाईसँग जङ्गलमा रात बिताउने, स्थानीय कला, भेषभुषा तथा संस्कृतिको प्रवद्र्धन गर्ने र नयाँ रमणीय ग्रामीण गन्तव्यहरुको खोजी गरिने जनाइएको छ । अघिल्लो वर्ष लमजुङको भुजुङ गाउँमा भिरमौरीको शिकार गरेर स्पार्क एड्भेन्चर सुरु भएको थियो ।