मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

असोज २६ मा थपियो ‘बासेन्जी’, त्रिपक्षीय भिडन्त निश्चित

फिल्मीखबर, काठमाडौं, 2023/09/28

फिल्म रिलिजका लागि दशैंको विदा सबैभन्दा उपयुक्त मानिन्छ । झण्डै एक हप्ता लामो विदा र फेस्टिभलको रमझम हुने भएकाले धेरैको रोजाईमा फिल्म पर्छ । यसैले हरेक वर्षको दशैंमा फिल्म रिलिज गर्न नेपाली निर्माताहरुबीच ठूलो रस्साकस्सी हुने गरेको छ । यसपालिको दशैंमा पनि फिल्म रिलिजको बाढी नै आउनेवाला छ । एकै मितिमा तीनवटासम्म फिल्म भिड्ने निश्चित भएका छन् ।

 

Basenji


यही असोज २६ गते अर्थात् घटस्थापनाको दुई दिनअघि फिल्म ‘परदेशी २’ एकल प्रदर्शन हुने सम्भावना देखिएको थियो । तर, यो मितिमा फिल्म थपिएका थप्यै छन् । केही दिनअघि अभिनेत्री ऋचा शर्मा अभिनीत फिल्म ‘कौसीद’को ट्रेलर सार्वजनिक गर्दै असोज २६ लाई प्रदर्शन मिति घोषणा गरियो । अब यही मितिमा भिडियो गेमको शैलीमा बनेको फिल्म ‘बासेन्जी’ पनि आउने भएको छ ।

अमेरिकी नागरिक इयन स्कट क्लेमेन्टको निर्देशनमा गौरीशङ्कर इन्टरटेनमेन्टको ब्यानरबाट सुरज मैनालीले निर्माण गरेको फिल्म हरर जनरामा बनेको छ । प्रवेश पात्रको आँखाबाट र उसैलाई मुख्य पात्र बनाएर फिल्मको कथा भनिएको छ । निर्देशक क्लेमेन्टले यसअघि फिल्म ‘म्याङ्गो पिक्कल’ निर्देशन गरेका थिए । निर्देशक क्लेमेन्टसँगै फिल्ममा सुरज मैनाली र गौरव बस्नेतको लेखन छ ।

राजीव मानन्धरको छायांकन रहेको फिल्ममा प्रवेशको भूमिकामा असिम निरौलाले अभिनय गरेका छन् भने आकाशको भूमिकामा सुप्रिम राई छन् । त्यसैगरी मिथिला शर्मा, सरिता गिरी, अंकित खड्का, प्रवेश उप्रेती, निरु खड्का, प्रतिक दुलाल, सुदीपा पाठक, राज शर्मा, मोक्ष अधिकारी आदिको पनि फिल्ममा अभिनय छ । निर्देशक क्लेमेन्टले फिल्ममा नौलो प्रयोग गरिएको बताएका छन् ।