मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुटिङबाटै बिक्यो ‘रङ्गेली’को जापान, कोरिया र हङकङ राइट्स

फिल्मीखबर, काठमाडौं, 2023/09/30

Rangeli

 

दुई सातादेखि पूर्वी जिल्लाका विभिन्न स्थानहरुमा छायांकन भैरहेको फिल्म ‘रङ्गेली’को बलियो स्टारकास्टका कारण विदेशी भूमिमा माग चर्किन थालेको छ । छायांकनकै क्रममा फिल्मको जापान, कोरिया र हङकङ प्रदर्शन अधिकार बिक्री भएको छ । उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्टले तीन देशको वितरण अधिकार खरिद गरेको फिल्मका निर्माता जीतेन्द्र खतिवडाले जानकारी दिए ।

यसअघि अस्ट्रेलियामा पनि फिल्मको प्रदर्शन अधिकार बिक्री भैसकेको छ । अस्ट्रेलियाको मेलबर्न शहरमा आगामी माघको अन्तिम हप्ता ‘ग्राण्ड प्रिमियर’ गर्ने तयारीमा निर्माण टिम रहेको छ । नेपालमा भने फिल्म आगामी फागुन २५ गते अर्थात् महाशिवरात्रिको दिनबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । नेपालकै मितिमा विदेशमा पनि फिल्म एकसाथ प्रदर्शन हुने निर्माता खतिवडाले बताए ।

अर्जुन सुवेदीको लेखन र निर्देशन रहेको ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकीको प्रमुख भूमिका छ । फिल्मको एउटा गीत युरोपको विश्व प्रतिष्ठित ‘बुढापेस्ट अर्केस्ट्रा’मा लाइभ छायाङ्कन गरिँदैछ । नेपाली फिल्मले पहिलोचोटी यसप्रकारले गीतको छायांकन गर्न लागेको हो । सुशान्त गौतमको संगीत रहेको गीतमा हर्क साउदको शब्द रचना छ ।

सुशान्तसँगै हर्कुलस बस्नेतको संगीत रहेको फिल्मका कार्यकारी निर्माताहरु जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरु संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव थपलिया सह-निर्मातामा रहेका छन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । फिल्मको छायाँकार सुशन प्रजापति हुन् । ‘सुपरहिट जोडी’ दयाहाङ र मिरुनाको यो चौंथो सहकार्य हो ।