मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनमोललक्षित स्टाटस विवादित बनेपछि प्रदीप भन्छन्, ‘निर्मातालाई सुरक्षित गर्ने प्रयत्न हुनुपर्छ’

फिल्मीखबर, काठमाडौं, 2023/10/02

फिल्म ‘रावायण’लाई लिएर उत्पन्न विवाद प्रहरी हुँदै अदालतसम्म पुग्यो । अभिनेता अनमोल केसीले कागजी सम्झौताबिनै फिल्ममा काम गर्ने भनेर १० लाख पेश्की रकम लिएको तर पछि काम गर्न अस्वीकार गरेको भन्दै निर्देशक सुदर्शन थापाकी श्रीमती सुप्रिया कटुवाल (निर्मात्री)ले प्रहरीमा उजुरी दिएकी थिइन् । त्यही आधारमा उनी शुक्रबार पक्राउ परे । र, आइतबार हिरासतमुक्त भए ।

 

म्यूजिक भिडियोमा फ्लप प्रदीप


प्रहरीसँगको बयानको क्रममा अनमोलले आफूलाई स्क्रिप्ट चित्त नबुझेपछि १० लाख फिर्ता गर्न खोज्दा निर्माताले नलिएको बताएका थिए । ‘रावायण’को विवादलाई लिएर फिल्म क्षेत्र नै विभाजित छ । कसैले अनमोल त कसैले सुदर्शनको पक्षमा समर्थन जनाएका छन् । अहिलेका ‘स्टार’ अभिनेता प्रदीप खड्काले भने घुमाउरो रुपमा अनमोलप्रति कटाक्ष गर्दै सोमबार फेसबुकमा स्टाटस लेखे ।

दुलहा र दुलहीको उदाहरण दिँदै उनले ५/७ वटी दुलही सोझा पर्दैमा सबै एकै नहुने, विवाहपछि दुलही फिर्ता लैजाउ भन्न नपाइने, कानुनी वा सामाजिक जस्तोसुकै विवाह भए पनि दुलहीले अंश माग्ने र कानुनले दिलाउने उल्लेख गरेका छन् । प्रदीपले स्टाटसमा कसैको नाम उल्लेख नगरेको भए पनि अनमोलप्रति लक्षित रहेको बुझ्न कठिन छैन । यसैले उनको स्टाटस विवादमा तानिएको छ ।

उनको स्टाटसको कमेन्टमा प्रायःले खुट्टा तान्ने प्रवृत्ति गलत रहेको भन्दै चर्को आलोचना गरेका छन् । कतिपयले अब उनको फिल्म बहिष्कार गर्नेसम्म उल्लेख गरेका छन् । उनले दुलहीबारे दिएको दृष्टान्त पनि अस्वभाविक र अपाच्य रहेको भन्दै धेरै महिलाहरुले आपत्ति जनाएका छन् । आफ्नो अभिव्यक्ति आफैंलाई भारी परेपछि उनले पुनः स्टाटस लेख्दै स्पष्टीकरण दिने प्रयास गरेका छन् ।

 

pradeep khadka


उनले आफू एउटा कलाकार र फिल्म क्षेत्रप्रति सरोकारवाला व्यक्ति भएको हिसाबले निर्मातालाई सुरक्षित गर्ने प्रयत्न हुनपर्ने धारणा राखेका छन् । साथै, उनले निर्देशकलाई काम गर्ने स्वतन्त्रता हुनुपर्ने र कलाकारलाई पनि मेकरप्रति विश्वस्त नहुँदा प्रोजेक्ट इन्कार गर्न छुट रहने बताएका छन् । तर, यसमा मनोमानी ढंगले नभएर सिस्टममा बसेर हुनुपर्ने अभिनेता खड्काले उल्लेख गरेका छन् ।

उनले आफ्नै दृष्टान्त दिँदै लेखेका छन्, ‘फिल्म गर्न सक्दिनभन्दा, पख तलाई देखाइदिन्छु भन्ने मेकर पनि नभेटेको होइन, गर्छु भनेर अगाडि बढ्दा कहाँ फसे भन्ने नभएको पनि हैन तर सिस्टमभन्दा बाहिर गइएन, कोही जान हुन्न । कलाकार एउटा निमित्त मात्र हो, निर्देशक र निर्माताभन्दा माथि होइन ।’ कलाकार भएर यो स्वीकार गर्दा आफू गलत भए सच्चाइदिन प्रदीपले अनुरोध गरेका छन् ।