एसएस राजामौलीद्वारा निर्देशित फिल्म ‘आरआरआर’को सफलतापछि साउथ सुपरस्टार जूनियर एनटीआरको लोकप्रियता विश्वभर फैलिएको छ । उनको क्रेजलाई मध्यनजर गर्दै बलिउड मेकरहरुले समेत फिल्मको प्रस्ताव गरिरहेका छन् । यसबीच, ‘केजीएफ’ निर्देशक प्रशान्त नीलसँग उनले फिल्ममा सहकार्य गर्ने भएका छन् । एक्सन प्रधान फिल्मको छायांकन आगामी अप्रिलबाट हुनेछ ।
फिल्मको अस्थायी टाइटल ‘एनटीआर ३१’ राखिएको छ । प्रशान्तसँगको फिल्म एनटीआरको ३१औं हुनेछ । निर्माण कम्पनी माइथ्री मूभी मेकर्सले ट्विटरमार्फत् प्रशान्त र एनटीआरबीच फिल्ममा सहकार्य निश्चित भएको जानकारी गराएको हो । यो फिल्मले भारतीय सिनेमामा नयाँ ‘बेञ्चमार्क’ स्थापित गर्ने कम्पनीको विश्वास छ । माइथ्री र एनटीआर आर्ट्सको सहकार्यमा फिल्मको निर्माण हुनेछ ।
यो फिल्ममा बलिउड अभिनेता आमिर खान र अभिनेता प्रियंका चोपडाको पनि अभिनय रहने चर्चा छ । जूनियर एनटीआर अहिले आफ्नो ३०औं फिल्म ‘देवारा’मा व्यस्त छन्, जुन आगामी अप्रिल ४ मा रिलिज हुँदैछ । त्यस्तै, प्रशान्तले प्रभासलाई लिएर बनाएको नयाँ फिल्म ‘सालार’ आगामी डिसेम्बर २२ मा रिलिज हुँदैछ । जूनियरसँगको फिल्मपछि उनी ‘केजीएफ ३’को तयारीमा जुट्ने छन् ।
The most awaited project of @tarak9999 & #PrashanthNeel will commence in April, 2024 ❤️🔥
— Mythri Movie Makers (@MythriOfficial) October 5, 2023
The prestigious high-octane spectacle will create a new benchmark in Indian Cinema 💥💥#NTRNeel 🔥@NANDAMURIKALYAN @NTRArtsOfficial pic.twitter.com/CxTPchxOPz