मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘परदेशी २’ ट्रेलरमा परदेश गएका सन्तान र आमाबुबाको कथा

फिल्मीखबर, काठमाडौं, 2023/10/06

अध्ययनको शिलशिलामा रोजगारीका लागि विदेश जाने युवाहरुको संख्या बढ्दो छ । त्रिभुवन विमानस्थलमा दिनहुँ देखिने भीडले देशको कहालीलाग्दो अवस्था बोल्छ । गाउँघरमा मलामी जानेसम्म भेटिन छाडिसकेका छन् । प्रायः हरेक घरमा बुढ्यौली लागेका आमाबुबाहरु सन्तान कुरेर बस्न बाध्य छन् । यही विषयलाई उनेर निर्देशक नारायण रायमाझीले फिल्म ‘परदेशी २’ बनाएका छन् ।

 

Pardeshi 2


शुक्रबार सार्वजनिक ट्रेलरमा उज्ज्वल भविष्यको सपनासहित विदेशिन बाध्य युवा र सन्तानको सम्झना र पखाईमा दिन काटिरहेका आमाबुबाको कथा देखाइएको छ । ट्रेलरका प्रायः दृश्य मर्मस्पर्शी छन् । विमानस्थलको विदाई दृश्यबाट सुरु भएको ट्रेलर दशैंको परिवेश समेट्दै टुंगिएको छ । अभिनेता प्रकाश सपूतले मन्त्र उच्चारण गर्दै दशैंमा आफैंलाई टीका लगाएको दृश्य कारुणिक छ ।  

सार्वजनिक ट्रेलरमा प्रकाशलाई प्राथमिकता दिइएको छ । उनलाई केन्द्रमा राखेर फिल्मको कथा भनिएको प्रष्टसँग बुझिन्छ । नेपाल रहँदा उनको मायाप्रेम केकी अधिकारीसँग बसेको हुन्छ । अमेरिका गएपछि वर्षा सिवाकोटीसँग उनी नजिक भएको देखाइएको छ । ट्रेलरको मध्यभागमा प्रशान्त तामाङको केकीसँग बिहे भएको दृश्य पनि छ । प्रशान्त लाहुरे (सिपाही)को भूमिकामा चित्रित छन् ।

दशैंको छेको पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा रमा थपलिया, नीर शाह, दीलिप रायमाझी, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की आदिको पनि अभिनय छ । फिल्ममा गीतकार रमेश बिजीको लेखन रहेको छ । निर्देशक रायमाझी र राजेश वंशलले संयुक्त रुपमा फिल्मको निर्माण गरेका हुन् । यो फिल्मबाट गायक सपूतले अभिनेताको रुपमा डेब्यू गरेका हुन् ।

मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, गोविन्द राई र रामजी लामिछानेको नृत्य निर्देशन रहेको ‘परदेशी २’लाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । ‘गोर्खा पल्टन’ र ‘परदेशी’ गरी दुई सुपरहिट फिल्म दिइसकेका निर्देशक रायमाझी ‘परदेशी २’बाट सफलतामा ह्याट्रिक गर्ने धाउन्नमा छन् । ट्रेलर हेर्दा सामाजिक कथाप्रति रुचि हुने दर्शकहरुलाई फिल्मले रिझाउन सक्ने देखिन्छ ।