मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अक्षयको ‘मिशन रानीगञ्ज’को दयनीय ओपनिङ

एजेन्सी, मुम्बई, 2023/10/07

Mission Raniganj Movie Review: Akshay Kumar's Disaster-Thriller Is More Of  A Disaster & Less Of A Thriller, Couldn't Even Visually Match 1979's Kaala  Patthar Led By Amitabh Bachchan

 

कुनै बेला बलिउडका ‘हिट मेशिन’ कहलिएका अभिनेता अक्षय कुमारलाई यतिबेला बक्स अफिस चुनौती बनिरहेको छ । लगातार उनका फिल्महरु व्यापारमा कमजोर सावित भैरहेका छन् । यही अगस्टमा प्रदर्शन भएको ‘ओएमजी २’ र सन् २०२१ मा प्रदर्शित ‘सूर्यवंशी’बाहेक गएको दुई वर्षमा उनका पाँच फिल्म (बच्चन पाण्डे, सम्राट पृथ्वीराज, रक्षा बन्धन, राम सेतू र सेल्फी) फ्लप भए ।

यही शुक्रबारबाट प्रदर्शनमा आएको उनको अर्को फिल्म ‘मिशन रानीगञ्ज’ले पनि फ्लपको संकेत गरेको छ । भारतमा २५ सय बढी स्क्रिनमा रिलिज भएको फिल्मले पहिलो दिन २ करोड ८० लाख मात्र कमाएको छ । अक्षयको स्टारडमको तुलनामा फिल्मको यो ओपनिङ अत्यन्त दयनीय हो । यसअघि उनका दुईवटा फिल्म ‘सेल्फी’ र ‘बेलबटम’को पनि यही आसपास ओपनिङ रहेको थियो ।

प्रदर्शनपूर्व हाइप नहुनु, ट्रेलरले दर्शकमा उत्सुकता जगाउन नसक्नु र प्रचार पनि कमजोर रहँदा ओपनिङ अपेक्षाकृत हुन नसकेको विश्लेषण गरिएको छ । अब फिल्मलाई सकारात्मक समीक्षा र दर्शकको तारिफले मात्र बचाउन सक्नेछ । शनिबार र आइतबारको व्यापार फिल्मका लागि निर्णायक मानिएको छ । यो दुई दिन व्यापारमा चमत्कार हुन नसके फिल्मले हलमा दम तोड्ने निश्चित छ ।

टीनू सुरेश देसाईको निर्देशन रहेको फिल्म वास्तविक घटनामा आधारित छ । अक्षयले जसवन्त सिंह गिलको भूमिका निर्वाह गरेका छन्, जो एक कोयला फर्ममा इन्जिनियर हुन्छन् । सन् १९८९ मा पश्चिम बङ्गाल राज्यस्थित रानीगञ्ज क्षेत्रमा कोयला उद्योगमा भएको एक घटनामा फसेका ६५ जना मजदूरलाई कसरी बचाइन्छ भन्नेमा फिल्म केन्द्रित छ । फिल्मको बजेट भारु ५० करोड रहेको छ ।