मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रसाद २’को विवादमा ओएसआरका सञ्चालक पक्राउ

फिल्मीखबर, काठमाडौं, 2023/10/08

Om Prakash Agrawal

 

गएको बैशाख १५ गते प्रदर्शनमा आएको सुदर्शन थापाद्वारा निर्देशित फिल्म ‘प्रसाद २’को विवादमा ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ परेका छन् । फिल्मका निर्माता सुदर्शन बस्नेतले दिएको उजुरीको आधारमा उनी शुक्रबार पक्राउ परेका हुन् ।

सिंहदरबार वृत्तले उनलाई पक्राउ गरेर अनुसन्धानका लागि बौद्ध प्रहरीलाई बुझाएको थियो । उनलाई आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदैछ । अग्रवालको ओएसआर डिजिटलले ‘प्रसाद २’को युट्युब राइट्स खरिद गरेको थियो । डिजिटल राइट्सकै विषयमा उत्पन्न विवादमा निर्माता बस्नेतले अग्रवालविरुद्ध उजुरी दिएको जनाइएको छ ।

‘प्रसाद २’ निर्माणकै चरणदेखि विवादमा तानिएको थियो । कहिले कलाकारसँग त कहिले निर्माताबीच आर्थिक लेनदेनको विषयमा विवाद भएको थियो । फिल्मका पूर्व निर्माता केशव पाण्डेले दिएको बैंकिङ कसूर र ठगीको मुद्धामा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि निर्माता सुभाष थापा फरार छन् । फिल्मका कलाकारदेखि प्राविधिकसम्मले अहिलेसम्म पूरा पारिश्रमिक समेत पाएका छैनन् ।