मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कान्तिपुर फिल्म एकेडेमीले ओटीटी सुरु गर्दै, फिल्मदेखि सिरिजसम्म रिलिज गरिँदै

फिल्मीखबर, काठमाडौं, 2023/10/09

कोभिडपछि विश्वमै ओटीटी प्लेटफर्मप्रति दर्शकको आकर्षण बढेको छ । यसैलाई मध्यनजर गर्दै नेपालमा पनि ओटीटीहरु धमाधम जन्मिरहेका छन् । अहिले ‘सिनेमाघर एप’ चर्चामा छ । अब फिल्म सम्बन्धी अध्ययन गराउँदै आइरहेको कान्तिपुर फिल्म एकेडेमीले पनि ओटीटी प्लेटफर्म सुरु गर्ने भएको छ । यही दशैंको छेकोबाट एकेडेमीले ‘कान्तिपुर सिनेमाज्’ नामक ओटीटी सुरुवात गर्दैछ ।

 

kantipur cinemas


ओटीटीलाई बलियो रुपमा अघि बढाउन एकेडेमीले आफ्नै लगानीमा सिरिज निर्माण गरिरहेको छ । ‘ब्रह्माण्ड’ र ‘मिस स्कार्लेट’ गरि दुईवटा सिरिज तयार भैसकेका छन् । एकेडेमीसँग आफ्नै निर्माणमा बनेको फिल्म ‘म’ पनि छ । यी सबै फिल्म र सिरिज ‘कान्तिपुर सिनेमाज्’मा रिलिज गरिँदैछ । गत भदौमा प्रदर्शनमा आएको फिल्म ‘जुलेबी’ पनि यही ओटीटीमा रिलिज हुने निश्चित भैसकेको छ ।

अब उक्त ओटीटीमा पाँच श्रृंखलाको वेब सिरिज ‘लभ सूत्र’ पनि रिलिज गरिने भएको छ । सोमबार यो सिरिजको टिजर सार्वजनिक गर्दै ‘कान्तिपुर सिनेमाज’मा रिलिजको घोषणा गरिएको हो । निरोज महर्जन निर्देशित सिरिजमा शिल्पा मास्के, विनय श्रेष्ठ, संजोग कोइराला, सजन श्रेष्ठ, संजोग रसाइली, रवीन्द्र झालगायतको मुख्य भूमिका रहेको छ । यो सिरिज प्रेमकथामा आधारित रहेको छ ।

एकेडेमीका सीइओ तथा फिल्म लेखक प्रकाश पुरीले फिल्मको माध्यमबाट हरेक समुदाय, जाती, भूभाग र वर्गको मौलिक कथाहरु निसंकोच भन्न र संसारभरि छरिएर रहेका नेपाली दर्शकहरुको पहुँचमा नेपाली फिल्मलाई पर्‍याउने उद्देश्यले ओटीटी प्लेटफर्म सुरु गर्न लागेको बताएका छन् । ‘कान्तिपुर सिनेमाज्’ले ओटीटी प्लेटफर्मको भीडमा एउटा पृथक पहिचान बनाउने उनको विश्वास छ ।