मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘दिमाग खराब’को गीतमा ‘डान्स स्टेप’ घोषणा, पुरस्कारदेखि फिल्म खेल्ने अवसरसम्म

फिल्मीखबर, काठमाडौं, 2023/10/12

dimag kharab

 

निश्चल बस्नेतले ६ वर्षपछि निर्देशनमा पुनरागमन गरेको फिल्म ‘दिमाग खराब’ आगामी कात्तिक २४ गतेदेखि प्रदर्शनमा आउँदैछ । बलियो स्टारकास्ट र निश्चलको निर्देशनमा कमब्याकका कारण फिल्मप्रति दर्शकमा उच्च अपेक्षा छ । र, व्यावसायिक सफलताको सम्भावना पनि प्रवल देखिन्छ । तर, यो फिल्मलाई बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘टाइगर ३’ ठूलो चुनौती बन्न सक्छ ।

९ दिनअघि फिल्मको ‘झम्के झमा झम’ गीत रिलिज गरिएको थियो, जुन यतिबेला लोकप्रिय बनिरहेको छ । युट्युबमा १३ लाखभन्दा बढी भ्यूज पाइसकेको गीतप्रति दर्शकको आकर्षण बढाउन निर्माण टिमले ‘डान्स स्टेप’ प्रतियोगिताको घोषणा गरेको छ । टिकटक तथा युट्युबमा गीतमाथि उत्कृष्ट भिडियो बनाउनेमध्ये विजेतालाई क्रमश: पच्चास हजार र डेढ लाख पुरस्कार दिने जनाइएको छ ।

यो प्रतियोगितामा सहभागी हुन चाहनेले आफ्नो टिकटक तथा युट्युबमा भिडियो बनाएर #JHAMKEJHAMAJHAM-TIKTOKID र #DIMAGGKHARAB को प्रयोग गरी पोस्ट गर्नुपर्नेछ । साथै, भिडियोलाई [email protected] मा आफ्नो गुगल ड्राइभ लिंक पठाउनुपर्नेछ । उत्कृष्ट भिडियो बनाउनेलाई सिनेमा आर्ट्सको नयाँ फिल्ममा काम गर्ने अवसर समेत दिइने जनाइएको छ ।

बाबुल गिरीको शब्द रचना र संगीतमा तयार भएको गीतमा नम्रता काफ्ले र सुमित खड्काको युगल स्वर रहेको छ । यस्तै, गीतको भिडियोमा शेखर घर्ती मगरको कोरियोग्राफी छ । सुशन प्रजापतिले छायांकन गरेको यो फिल्ममा दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुस्कर गुरुङ, माओत्से गुरुङ, रमा थपलिया लगायतको अभिनय छ ।