मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दयाहाङको ‘राजागञ्ज’ले नर्वेमा जित्यो ७६ लाखको फन्ड

फिल्मीखबर, काठमाडौं, 2023/10/13

dayahang rai

 

सुपरस्टार दयाहाङ राई अभिनीत फिल्म ‘राजागञ्ज : द स्काइ इज माइन’ले नर्वेजियन फिल्म इन्स्टिच्युटको सोर्फोन्डबाट ७६ लाख ५२ हजार रुपैयाँ (५७ हजार ६०० अमेरिकी डलर) फन्ड जितेको छ । चर्चित अमेरिकी म्यागेजिन भेराइटीले ‘राजागञ्ज’ उक्त फन्ड जित्ने नौं फिल्ममध्ये एक रहेको उल्लेख गरेको छ । यो फिल्मको अघिल्लो महिना मात्र जनकपुर क्षेत्रमा छायांकन सकिएको थियो ।

दीपक रौनियारको निर्देशन रहेको फिल्ममा दयाहाङको साथमा निकिता चण्डक, आशा मगराती, पशुपति राई, ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङ, घनश्याम मिश्र, आरती मण्डल, पुष्प यादव लगायतको अभिनय छ । निर्देशक रौनियारले यसअघि ‘हाइवे’ र ‘ह्वाइट सन’ फिल्मको निर्देशन गरिसकेका छन्, जसले विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलहरुमा छनोट भएर अवार्ड पनि जितेको थियो ।

आशा मगराती, रामबाबु गुरुङ र एलन आर मिलिगन निर्माता रहेको फिल्मको निर्माणमा बाँसुरी फिल्म्स प्रोडक्सन, आदि फिल्म्स र नर्वेको तनहाउज गेटले सहकार्य गरेका छन् । दीपक रौनियार, डेभिड बार्कर र आशा मगरातीको लेखन रहेको फिल्मले गहुँगोरो वर्णकी प्रहरी अफिसर पूजालाई पछ्याउँछ, जसले शताब्दीयौं पुरानो कुरुपता तोडेर देशकै पहिलो महिला जासूस बनेकी हुन्छिन् ।

निर्देशक रौनियारले भेराइटी म्यागेजिनसँगको कुराकानीमा फिल्म एक वास्तविक घटनामा आधारित रहेको प्रष्ट पारेका छन् । उनले भनेका छन्, ‘प्रष्ट फिल्म मेरो र आशा मगरातीको अनुभवबाट प्रेरित छ । र, फिल्मले रंगवाद, जातीय र लैङ्गिक भेदभावको खोजी गर्छ । यो मेरो अहिलेसम्मको उत्कृष्ट फिल्म हो ।’ निर्माता गुरुङले भने ‘राजागञ्ज’ एउटा ऐतिहासिक फिल्म हुने विश्वास व्यक्त गरे ।