मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्’ लञ्च, ‘ज्याकी’देखि ‘जुलेबी’सम्म रिलिज

फिल्मीखबर, काठमाडौं, 2023/10/17

K P Sharma Oli

 

हलको विल्कपको रुपमा विश्वमा नै सशक्त रुपमा उदाएको ओटीटी प्लेटफर्मको संख्या नेपालमा पनि बढ्न थालेको छ । यसबीच, फिल्मसम्बन्धी अध्यापन गराउँदै आइरहेको कान्तिपुर फिल्म एकेडेमीले पनि ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्’ सुरु गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त प्लेटफर्मको औपचारिक रुपमा सुरुवात गरे ।

मोबाइल फोन, इन्ड्रोइड, आइओएस, वेभ र स्मार्ट टीभीमा मासिक २९९ रुपैयाँ तिरेर ‘कान्तिपुर सिनेमाज्’मा उपलब्ध फिल्म तथा सिरिज हेर्न सकिने र देशभित्रबाट आईएमई पे, ईसेवा, फोन पेन र विदेशबाट पेपल, स्ट्राईप, मास्टर कार्डबाट शुल्क तिर्न सकिने सञ्चालक प्रकाश पूरीले जानकारी गराए । यो नेपालको पहिलो सब्सक्रिप्शन मोड्युलको ओटीटी प्लेटफर्म रहेको उनको दाबी छ ।

‘कान्तिपुर सिनेमाज्’ सुरुवात भएसँगै फिचर फिल्मतर्फ ‘ज्याकी : आइएम ट्वान्टी वान’, ‘जुलेबी’ र ‘म’, वेब सिरिजतर्फ ‘चि मुसी चि’, ‘मिस स्कार्लेट’, ‘लभ सूत्र’ र ‘ब्रम्हाण्ड’, सर्ट फिल्मतर्फ ‘मदर’, ‘खरानी, ‘ऋतु’ र ‘नेपाली फिक्सन’ रिलिज भएका छन् । सञ्चालक पूरीले नेपालमा एउटा राम्रो ओटीटी प्लेटफर्मको खाँचो महसुस भएपछि ‘कान्तिपुर सिनेमाज्’ सञ्चालनमा ल्याएको बताएका छन् ।

 

Kantipur Cinemas


पूर्व प्रधानमन्त्री ओलीले मनोरञ्जन क्षेत्रमा नयाँ चिजको सुरुवात भएकोमा खुसी व्यक्त गर्दै यसले कला क्षेत्रको विकासमा नयाँ सिढी थपेको बताए । यो प्लेटफर्म कला क्षेत्रका लागि एउटा कोशेढुंगा सावित हुने उनको विश्वास छ । त्यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली मेकर र दर्शकले एउटा छुट्टै प्लेटफर्म पाएको र यो फिल्मकर्मीका लागि राम्रो अवसर रहेको बताए ।