मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘भष्मे डन’लाई उच्च शो, आक्रामक बन्दै बुकिङ

फिल्मीखबर, काठमाडौं, 2023/10/18

एकातिर ब्रान्ड भ्यालु र अर्कोतिर दशैंको ६ दिन लामो विदा भएकाले फूलपाती अर्थात् कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ले बम्पर कमाई गर्ने निश्चित छ । फिल्मप्रति दर्शकको क्रेजलाई मध्यनजर गर्दै मंगलबारदेखि देशभरका अधिकांश मल्टीप्लेक्सहरुले बुकिङ खुलाइसकेका छन् । र, टिकट सुरक्षित गर्नेहरुको संख्या ठूलो मात्रा देखिएको छ ।

फिल्मलाई मल्टीप्लेक्सहरुले उच्च शो प्रदान गरेका छन् । देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई आफ्नो देशभरको स्टेशनमा ६३ शो बाँडेको छ । यस वर्ष क्यूएफएक्स चेनमा ‘जारी’ (७१ शो) पछि उच्च शो पाउने दोस्रो फिल्म ‘भष्मे डन’ हो । साउथ फिल्म ‘लियो’ र बलिउड फिल्म ‘गणपत’ नआएको भए क्यूएफएक्स चेनमा नै फिल्मले करिब सय शो पाउन सक्थ्यो ।

 

भष्मे डनलाई किन सुधारियो ? दीपेन्द्र भन्छन्, 'हरेक मान्छेको दुईटा पाटो  हुन्छ'


क्यूएफएक्समा बुकिङ खुलेसँगै फिल्मको टिकट आक्रामक रुपमा बिक्री भैरहेको छ । केही शो बुधबार साँझसम्ममा ‘सोल्डआउट’ हुने सम्भवना देखिएको छ । बुकिङको ट्रेन्ड हेर्दा शुक्रबारसम्ममा क्यूएफएक्सअन्तर्गत काठमाडौंका प्रायः हलमा फिल्मको टिकट हाहाकार हुनसक्ने देखिन्छ । यो अवस्थामा दुई विदेशी फिल्मको शो कटाएर पनि ‘भष्मे डन’लाई दिनपर्ने दबाब सिर्जना हुनसक्छ ।

त्यस्तै, दोस्रो ठूलो मल्टीप्लेक्स चेन आइएनआईले आफ्नो तीन स्टेशनमा फिल्मलाई १५ शो दिएको छ । यहाँ पनि फिल्मको बुकिङ राम्रो देखिएको छ । यसैगरी, काठमाडौंका वान सिनेमाजले दुई स्टेशनमा कूल १३ शो, रञ्जना सिनेप्लेक्स, विएसआर मुभिज र बिग मुभिजले समान ६/६ शो, एफक्यूबले ९ शो (यसमध्ये दुई शो सोल्डआउट) र कीर्तिपुर सिनेप्लेक्सले २ शो उपलब्ध गराएका छन् ।

फिल्मले देशभरका मल्टीप्लेक्सहरुमा डेढ सयभन्दा बढी शो पाएको देखिन्छ । यी सबै शो हाउसफुल भएको अवस्थामा फिल्मले २ करोडमाथि ओपनिङ गर्न सक्नेछ । बचेखुचेका सिंगल हल पनि प्रायः यही फिल्मले कब्जा गर्दैछ । ठूलो हाइप रहेको फिल्मलाई बलियो ‘वर्ड अफ माउथ’ मिलेको खण्डमा फिल्म ‘कबड्डी ४’को २२ करोडको रेकर्ड तोड्न सक्ने आँकलन कतिपयले गरेका छन् ।

७ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेलको रुपमा निर्माण भएको फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल लगायतको अभिनय छ । दीपेन्द्र के. खनालद्वारा निर्देशित फिल्मको निर्माता तथा लेखक खगेन्द्र लामिछाने हुन् ।