मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीवाकर भन्छन्, ‘पललाई ‘मायावी’ले नयाँ उचाईं दिनेछ’

फिल्मीखबर, काठमाडौं, 2023/10/18

paul shah and Diwakar Bhattarai

 

एउटा घटनाका कारण एक वर्ष जेल जीवन विताएर गत फागुनमा रिहा भएका अभिनेता पल शाहले फिल्म ‘मायावी’बाट कमब्याक गर्दैछन् । फिल्ममा उनको जोडी अभिनेत्री दीपिका प्रसादसँग बाँधिएको छ । दशैंका लागि ‘ब्रेक’ लिँदै बुधबारबाट फिल्मको पहिलो चरणको छायांकन सकिएको छ । दोस्रो चरणको छायांकन दशैंलगत्तै पोखरा र भारतको बैंग्लोर तथा मुम्बईमा हुने जनाइएको छ ।

लभस्टोरी फिल्ममा आफूलाई प्रमाणित गरिसकेका दीवाकर भट्टराईले फिल्मको निर्देशन गरेका हुन् । यस फिल्मलाई उनी आफ्नो ‘ड्रिम प्रोजेक्ट’ मान्छन् । र, पहिलो चरणको छायांकन राम्रोसँग सकिएको उनले बताए । ‘मायावी’ले पललाई करिअरमा नयाँ उचाईं दिने उनको दाबी छ । कामको हिसाबले उनका अघिल्ला फिल्मभन्दा यसमा धेरै राम्रो रहेको पनि दीवाकरले जिकिर गरेका छन् ।

कमब्याक फिल्म भएकाले स्वभाविक रुपमा पललाई ‘मायावी’ अर्थपूर्ण छ । यसपटक उनलाई दुईवटा कुराको चुनौती छ । पहिलो, अभिनयको आलोचनाबाट मुक्त हुनुपर्नेछ । उनको आलोचना प्रायः अभिनयलाई लिएर हुने गर्छ । दोस्रो, सुखद् कमब्याकका लागि ‘मायावी’ सफल हुनुपर्नेछ । यी दुई चुनौती चिर्न सकेको खण्डमा दीवाकरले भनेझैँ उनले करिअरमा एउटा उचाईं हासिल गर्नेछन् ।

 

paul shah


पल र दीपिकासँगै सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईंको पनि अभिनय रहेको फिल्ममा राज कटुवाल र चन्द्र पन्त निर्मातामा छन् भने सह-निर्मातामा राजु पराजुली, रमा प्रसाँई र नमिता झा छन् । कार्यकारी निर्मातामा प्रविन भट्टराई र करण सिंह छन् । सहयोगी निर्मातामा अम्बरीश कश्यप छन् ।

क्रियटिभ सिने आर्ट्सको प्रस्तुतिमा निर्माण भएको ‘मायावी’मा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत रचना छ । फिल्मको लाइन प्रोड्यूसरमा राजकुमार कार्की छन् । निर्देशक भट्टराई स्वयंको लेखन रहेको फिल्मको कथा पोखराको परिवेशमा तयार पारिएको छ । दोस्रो चरणको छायांकन सकिएपछि फिल्मको प्रदर्शन मिति घोषणा गर्ने तयारीमा निर्माण टिम छ ।