मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्वस्तिमाले गरिन् निश्चल राजनीतिमा आउन सक्ने संकेत

फिल्मीखबर, काठमाडौं, 2023/10/19

Nischal Basnet, Swastima Khadka

 

गएको स्थानीय तह र संघीय निर्वाचनमा निर्देशक तथा अभिनेता निश्चल बस्नेतले स्वतन्त्र र पार्टीगत केही उम्मेदवारको पक्षमा खुलेरै सामाजिक सञ्जालबाट मत मागेका थिए । विशेषगरि, काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहलाई जिताउन उनी सक्रिय देखिएका थिए । उनी आफैं राजनीतिप्रति चासो राख्छन् । यसैले उनका फिल्ममा कुनै न कुनै रुपमा राजनीतिक जोडिएको हुन्छ ।

उनी ६ वर्षपछि निर्देशनमा फर्किएको फिल्म ‘दिमाग खराब’ पनि राजनीतिक पृष्ठभूमिमा केन्द्रित भएर बनेको छ । यसपटक उनले विभिन्न उम्मेदवारलाई भोट माग्नु र फिल्म पनि राजनीतिक विषयमै बनाउनुले उनी भविष्यमा राजनीतिमा आउने योजनामा त छैनन् भन्ने चासो धेरैमा छ । यस्तैमा उनकी श्रीमती तथा अभिनेत्री स्वस्तिमा खड्काले निश्चल राजनीतिमा आउन सक्ने संकेत गरेकी छन् ।

फिल्मको प्रचारको उद्देश्यले निर्माण कम्पनी सिनेमा आर्ट्सले तयार पारेको ‘दिमाग खराब शो’मा प्रस्तोता सुमन कार्कीले निश्चललाई २०८४ सालको चुनावमा उम्मेदवार बन्न सक्ने सम्भावनाबारे सोधेका थिए । निश्चलले यसको जवाफ स्वस्तिमाबाट जान्न चाहे र सोधे- ‘तिमी मलाई उठाउने हो ?’ स्वस्तिमाले केहीछिन सोचेपछि भनिन्, ‘देखिँदैन भन्न सकिँदैन ।’ उनको जवाफमा निश्चल मौन देखिए ।

निश्चल ‘सेलिब्रेटी निर्देशक’ हुन् । उनको आफ्नै क्रेज छ । यसैले हरेकपटकको निर्वाचनमा उनलाई विभिन्न राजनीतिक दलले चुनाव लड्न प्रस्ताव गरेको बताइन्छ । अब भने उनी राजनीतिमा आउने मनस्थितिमा रहेको स्वस्तिमाको भनाईले संकेत गर्छ । चर्चा त के पनि छ भने काठमाडौंका मेयर बालेन शाहले पार्टी खोलेको खण्डमा निर्देशक बस्नेत राजनीतिमा आउन सक्ने सम्भावना प्रवल छ ।