मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिकाको एसियन वर्ल्ड फिल्म फेस्टिभलमा छानियो ‘हल्कारा’

फिल्मीखबर, काठमाडौं, 2023/10/29

halkara

 

ओस्कार अवार्डको ९६औँ संस्करणमा नेपालबाट सिफारिस भएको फिल्म ‘हल्कारा’ अमेरिकाको एसियन वर्ल्ड फिल्म फेस्टिभलको नवौं संस्करणमा छनोट भएको छ । यही कात्तिक २२ गतेदेखि मंसिर १७ गतेसम्म लस-एन्जलसस्थित कल्भर सिटीमा हुन लागेको फेस्टिभलमा प्रतिस्पर्धात्मक खण्डमा फिल्म छानिएको छ । यो फिल्मले एसियाली मुलुकका दर्जनौं फिल्मसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

‘हल्कारा’ गत बैशाख २९ गते नेपालमा प्रदर्शन भएको थियो । महेश त्रिपाठी र विनीता थापा मगरको मुख्य भूमिका रहेको फिल्ममा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्कीलगायतको पनि अभिनय छ । फिल्मले अमेरिकाको ‘ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२’मा उत्कृष्ट फिल्म, उत्कृष्ट अभिनेता र उत्कृष्ट सिनेमाटोग्राफी गरी तीन अवार्ड जितेको थियो ।

वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावको कथामा आधारित भएर बनेको ‘हल्कारा’मा विक्रम सापकोटाको निर्देशन छ । लेखन र सम्पादन पनि उनकै हो । फिल्मले उम्दा समीक्षा प्राप्त गरेको थियो । फिल्ममा महेश त्रिपाठी हुलाकीको भूमिकामा छन् । कालीपार स्टुडियो र आइसफल प्रडक्सनले निर्माणमा सहकार्य गरेको फिल्ममा ब्रुनो भ्यालेन्टीको ओरिजिनल म्युजिक रहेको छ ।