मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

७४ रन बनाएका कुशल भुर्तेललाई ‘दिमाग खराब’को ६० हजार पुरस्कार

फिल्मीखबर, काठमाडौं, 2023/10/30

मंगलबारबाट सुरु भएको आईसीसी टी-२० विश्वकपको एसिया छनोटमा सिंगापुरविरुद्धको खेलमा ७४ रन बनाएका नेपाली क्रिकेट टिमका ओपनर कुशल भुर्तेललाई फिल्म ‘दिमाग खराब’ले ‘म्यान अफ द म्याच’ बन्न सफल भएकोमा पुरस्कार प्रदान गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द र फिल्मका निर्माता रौनक बिक्रम कडेलले उनलाई ५० हजार प्रदान गरे ।

 

kushal bhurtel


त्यस्तै, १० हजार राशीको ‘बेस्ट सर्ट्स अफ द डे’को पुरस्कार पनि ओपनर भुर्तेलले जितेका छन् । उक्त पुरस्कार उनलाई फिल्मका कार्यकारी निर्माता सुरज बम ठकुरीले हस्तान्तरण गरे । टी-२० विश्वकपमा नेपाली खेलाडीलाई हौसला बढाउनका लागि फिल्मको टिमले पुरस्कार राशीको घोषणा गरेको थियो । यो पुरस्कार नेपाली खेलाडीलाई मात्र प्रदान गरिने निर्माता कडेलले जानकारी दिए ।

फिल्मको टिमले मुनाफाको ५ प्रतिशत (नेट) क्यानको विकासका लागि समेत प्रदान गर्ने घोषणा गरेको छ । यसविषयमा आइतबार निर्माता कँडेल र क्यानबीच सहमति भएको थियो । नेपाली खेलाडीहरुको हौसला बढाउन र क्रिकेटको विकासका लागि यो कदम उठाएको निर्माता कडेलले बताएका छन् । नेपाली फिल्मले पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको खेलमा क्यानसँग सहकार्य गरेको हो ।

 

kushal bhurtel


यही कात्तिक २४ गतेबाट प्रदर्शनमा आउन लागेको निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’मा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अपर्ण थापा, विजय बराल, पुष्कर गुरुङ, माओत्से गुरुङ, सुमन कार्की, रमा थपलिया, राजन खतिवडा, गौरभी राज्यलक्ष्मी सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट आदिको अभिनय छ । फिल्म राजनीतिक पृष्ठभूमिमा बनेको छ ।