मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.67/5.00)
Text size:-
+
-

५ करोडमा बनेको ‘१२औं फेल’को बलियो कमाई

एजेन्सी, मुम्बई, 2023/11/01

Vidhu Vinod Chopra's '12th Fail' transcends the clichés of the 'underdog  makes it' genre with pure, fine filmmaking | Baradwaj Rangan

 

एउटा उखान छ, ‘कहिले काहीँ नपत्याउने खोलाले पनि बगाउँछ ।’ शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड फिल्म ‘१२औं फेल’को हकमा यो चरितार्थ भैरहेको छ । प्रदर्शनपूर्व सामान्य आँकलन गरिएको फिल्मले जबर्जस्त ‘माउथ पब्लिसिटी’का कारण व्यापारिक रफ्तार बढाउँदै लगेको छ । यतिसम्म कि अभिनेत्री कंगना रनावत अभिनीत फिल्म ‘तेजस’लाई समेत कमाईमा पछाडि पारेको छ ।

भारतका जम्मा ६ सय स्क्रिनमा लागेको फिल्मले १ करोड १० लाखको ओपनिङ गरेको थियो । बलियो ‘वर्ड अफ माउथ’पछि दोस्रो दिन फिल्मको कमाईमा १२७.२७ प्रतिशत बढोत्तरी देखियो । अर्थात् फिल्मले २ करोड ५० लाख कमायो । तेस्रो दिन (आइतबार) फिल्मले २४ प्रतिशत व्यापार बढाउँदै ३ करोड १० लाख कमाई गर्‍यो । तीन दिनमा फिल्मले ६ करोड ७० लाख कमाएको थियो ।

सोमबारबाट भारतमा कामकाजी दिन सुरु हुन्छ । यसका बावजूद फिल्मले चौंथो दिन १ करोड ५० लाख र पाँचौं दिन १ करोड ६५ लाख कमाउँदै ९ करोड ८५ लाख जोडिसकेको छ । विकिपिडियाका अनुसार, फिल्म भारु ५ करोडमा निर्माण भएको हो । यसको मतलब फिल्म बक्स असिफसमा ‘हिट’ भैसकेको छ । भारतका प्रायः मिडियाहरुले फिल्मलाई ३ देखि ४ रेटिङसम्म दिएका छन् ।

विधु विनोद चोपडाको निर्देशनमा बनेको फिल्म आइपीएस बन्न संघर्षरत एक छात्रको कथामा आधारित छ । फिल्मको कथा मनोज (विक्रान्त मेस्सी)को वरिपरि घुमेको छ, जो १२ कक्षाको बोर्ड परीक्षामा फेल हुन्छ । असफलताका बावजूद हार नमानी उसले फेरि यूपीएससी परीक्षामा ध्यान दिन्छ । फिल्ममा विक्रान्तको साथमा पलक लालवानी, मेधा शंकर, संजय बिशनोईको पनि अभिनय छ ।