मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अब ‘गोर्खा पल्टन २’ कि ‘परदेशी ३’ ?

फिल्मीखबर, काठमाडौं, 2023/11/01

narayan rayamajhi and rajesh bansal

 

निर्देशक नारायण रायमाझी र निर्माता राजेश बंशलबीच तीनवटा फिल्म ‘गोर्खा पल्टन’, ‘परदेशी’ र ‘परदेशी २’मा जुगलबन्दी भयो । यी तीनवटै फिल्म सफल ठहरिए । ‘परदेशी २’ले त अघिल्ला दुई फिल्मभन्दा ठूलो व्यापार गरेको छ । फिल्मले दशैं विदाको राम्रो फाइदा उठाएको थियो । चौंथो हप्ताको संघारमा रहेको फिल्मले पूर्वका हलहरुमा अझै पनि उल्लेख्य मात्रा दर्शक पाइरहेको छ ।

‘परदेशी २’ सुपरहिट भएपछि निर्देशक रायमाझी र निर्माता बंशल ‘गोर्खा पल्टन’को दोस्रो श्रृंखला निर्माणको तयारीमा जुटेको चर्चा छ । तर, निर्माता बंशल अहिले नै कुन नाममा फिल्म बनाउने भन्ने निर्कौलमा नपुगेको बताउँछन् । उनले तत्काललाई ‘गोर्खा पल्टन २’ निर्माण हुने सम्भावना न्यून रहेको समेत बताएका छन् । बरु नयाँ नाममा फिल्म निर्माणको सम्भावना रहेको उनको भनाई छ ।

उनले भने, ‘अहिले हाम्रो ध्यान ‘परदेशी २’मा नै केन्द्रित रहेकाले नयाँ फिल्मको बारेमा सोचेका छैनौं । दर्शक र साथीभाईबाट चाहिँ ‘गोर्खा पल्टन २’ र ‘परदेशी ३’ निर्माणको सुझाव आइरहेको छ । हामीले भने नयाँ नाममा फिल्म बनाउने कि भन्नेबारेमा सोचेका छौं । त्यसका लागि केही कथा पनि तयार छन् । सम्भवतः नयाँ नाममै फिल्म बन्न सक्छ ।’ उनले नयाँ फिल्म बन्न २/३ वर्ष लाग्ने बताए ।

निर्देशक रायमाझीले फिल्ममा गाउँघरका कथाहरुलाई उठाउने गरेका छन् । कहिले परदेशीको कथा भन्छन् त कहिले लाहुरेको । यसैले हुनसक्छ, उनका फिल्म पारिवारिक दर्शकले बढी रुचाएका छन् । र, उनले आफ्ना फिल्ममा अभिनेता प्रशान्त तामाङलाई छुटाउने गरेका छैनन् । उनका लागि प्रशान्त ‘लक्की’ मानिन्छन् । यसैले त उनका तीनवटै फिल्ममा प्रशान्तको अभिनय रहेको छ ।