मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली खेलाडीलाई पुरस्कार बाँढ्दा सुपुष्पा ‘नेशनल क्रस’

फिल्मीखबर, काठमाडौं, 2023/11/05

Supuspa Bhatta Kandel

 

केही वर्षयता टिकटकको शक्ति नेपालमा यो हदसम्म छ कि देशको कहीँ कुना-कन्दरामा गुमनाम जीवन बाँचिरहेको व्यक्ति पनि रातारात सेलिब्रेटी बन्न सक्छ । यो अनुभव यतिबेला अभिनेत्री सुपुष्पा भट्टले पनि गरिरहेकी हुन सक्छिन् । उनले तीनवटा फिल्ममा काम गरेर पाउन नसकेको चर्चा यतिबेला टिकटकबाट भैरहेको छ । केही दिनयता टिकटकभरि उनी राम्रैसित छाइरहेकी छिन् ।

उनी एकाएक टिकटकमा ‘हटकेक’ बन्नुको कारण रोचक छ । आइतबार सम्पन्न भएको ‘टी-२० वर्ल्डकप एसिया’ छनोटको खेलमा नेपाली खेलाडीलाई श्रीमान् (रौनक बिक्रम कडेल) निर्माता रहेको फिल्म ‘दिमाग खराब’को तर्फबाट पुरस्कार वितरण गर्ने क्रममा उनको सौन्दर्यलाई लिएर चर्चा चुलिएको हो । टिकटकमा उनलाई धेरैजसोले ‘नेशनल क्रस’ भन्दै सुन्दरताको तारिफ गरेका छन् ।

तर, रोचक कुरा के छ भने उनलाई प्रायःले चिन्न सकेका छैनन् । कतिपयले उनको बारेमा चासो राखेका छन् । फिल्म ‘रणवीर’बाट उनले अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । फिल्म असफल भए पनि उनको अभिनयको प्रशंसा भयो । यसपछि उनले ‘छ माया छपक्कै’ र ‘चपली हाइट ३’मा अभिनय गरिन् । तीनवटा फिल्ममा काम गरिसकेको भएता पनि उनी ‘लाइमलाइट’बाट टाढा छिन् ।

२०७८ असार १८ गते उनले निर्माता कडेलसँग विवाह गरेकी थिइन् । विवाहपछि उनी अभिनयमा निस्क्रिय देखिएकी छन् । ‘दिमाग खराब’को ‘झम्के झमा झम’ गीतमा भने उनको नृत्य समावेश छ । तर, फिल्ममा अभिनय छैन । टी-२० विश्वकप खेलमा उपस्थित भएर नेपाली खेलाडीलाई पुरस्कार बाँड्दा चुलिएको चर्चाले अब सुपुष्पाको फिल्म करिअरमा कति अर्थ राख्छ, त्यो हेर्न बाँकी छ ।