मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मेयर’को तयारीमा दीपेन्द्र, त्यसपछि ‘आमा २’

फिल्मीखबर, काठमाडौं, 2023/11/06

dipendra k khanal

 

निर्देशक दीपेन्द्र के. खनालका लागि यस वर्ष सुखद् बनेको छ । उनी निर्देशित फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ व्यावसायिक रुपमा सफल सावित भयो । खगेन्द्र लामिछाने लेखनमा चुकेको टिप्पणी भए पनि खनालको निर्देशकिय कौशलप्रति खासै धेरै प्रश्न उठेका छैनन् । अब उनी नयाँ फिल्मको तयारीमा जुटेका छन् । यस वर्ष उनले दुईटा फिल्मको छायांकन गर्ने सम्भावना प्रवल छ ।

उनी तिहारपछि फिल्म ‘मेयर’को छायांकन सुरु गर्दैछन् । यतिबेला प्रि-प्रोडक्सनको काम भइरहेको र केही दिनमै कलाकार निश्चित गरिने उनले बताए । उनले फिल्मबारे धेरै बताउन चाहेका छैनन् । तर, शीर्षकले फिल्म कुनै एक क्षेत्रमा विजयी मेयरको कथामाथि आधारित हुने अनुमान गरिएको छ । त्यसो त देशका एक चर्चित मेयरबाट प्रभावित भएर फिल्म निर्माण हुन लागेको पनि चर्चा छ ।

‘मेयर’पछि दीपेन्द्रले आफ्नो सफल फिल्म ‘आमा’को दोस्रो श्रृंखला निर्माण गर्नेछन् । ‘आमा २’ सिक्वेल भने नहुने उनले स्पष्ट पारेका छन् । फिल्मलाई दोस्रो च्याप्टरको रुपमा निर्माण गर्न लागिएको उनको भनाई छ । उनी स्वयंको लेखन तथा निर्देशन रहने फिल्मको निर्माण शर्मिला पाण्डेले गर्नेछिन् । केही दिनअघि दुवैले भिडियो सन्देशमार्फत् फिल्म निर्माणको आधिकारिक घोषणा गरेका थिए ।

दीपेन्द्र र शर्मिलाबीच फिल्म ‘लभ लभ लभ’देखि सहकार्य टुटेको छैन । ‘आमा २’पछि उनीहरुले ‘चङ्गा चेट २’ निर्माण गर्नेछन् । यो फिल्मको अघिल्लो वर्ष नै घोषणा गरिएको थियो । फिल्ममा अभिनेताद्वय विपिन कार्की र अर्पण थापा अनुबन्ध समेत भैसकेका छन् । यसरी हेर्दा दीपेन्द्रको ‘पाइपलाइन’मा अहिले तीनवटा फिल्म देखिएका छन् । हुन त ‘पशुपति प्रसाद ३’ पनि निर्माणको चर्चा छ ।