मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

खगेन्द्र र स्वस्तिमाको पीडा बोल्ने ‘दिमाग खराब’को ‘हजुरी’ गीत

फिल्मीखबर, काठमाडौं, 2023/11/08

Swastima Khada, Khagendra Lamichhane

 

तिहारको अवसर पारेर यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको निश्चल बस्नेतद्वारा निर्देशित फिल्म ‘दिमाग खराब’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘हजुरी’ बोलको मर्मस्पर्शी गीतमा जयन जे वाइवाको शब्द रचना तथा संगीत छ भने गायनमा वाइवालाई मीना निरौलाले साथ दिएकी छन् । यो गीतले फिल्मका प्रमुख दुई पात्र खगेन्द्र लामिछाने र स्वस्तिमा खड्काको पीडा बोलेको छ ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माण रहेको फिल्ममा खगेन्द्र र स्वस्तिमासँगै दयाहाङ राई, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, धीरज भट्ट, कृष्णभक्त महर्जन, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ । निर्देशक बस्नेतको पनि विशेष भूमिका छ ।

आकाश बरालको लेखन तथा मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको ‘दिमाग खराब’ले राजनीतिक पृष्ठभूमिमा कथावाचन गरेको छ । रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयनका साथै बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।