मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तिहारसम्म टिक्लान् ‘भष्मे डन’ र ‘परदेशी २’ ?

फिल्मीखबर, काठमाडौं, 2023/11/09

यसपालिको दशैं विदामा दुई नेपाली फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ र ‘परदेशी’ले गरि झण्डै १४ करोडमाथिको व्यापार गरे । यो अंक सम्मानजनक हो । दुवै फिल्मको ‘वर्ड अफ माउथ’ उम्दा भैदिएको हुन्थ्यो भने यो अंक अझै बढ्न सक्थ्यो । दशैं सकिएसँगै दुवै फिल्मको व्यापारमा भारी गिरावट आएको छ । अब यी दुईवटै फिल्मका निर्मातालाई तिहार विदाको धेरथोर आशा देखिन्छ ।

यही शनिबारदेखि ६ दिन लामो तिहार विदा सुरु हुँदैछ । र, भोलि (शुक्रबार)बाट निश्चल बस्नेतद्वारा निर्देशित फिल्म ‘दिमाग खराब’ प्रदर्शनमा आउँदैछ भने हलिउडतर्फ ‘द मार्भल’ रिलिज हुँदैछ । लक्ष्मीपूजा अर्थात् कात्तिक २६ गतेबाट बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘टाइगर ३’ प्रदर्शनको तयारीमा छ । जसले गर्दा दशैंका दुई फिल्मलाई तिहारमा हल पाउन सहज देखिँदैन ।

 

pardeshi 2 and bhashme don


यद्यपि, ‘भष्मे डन’ र ‘परदेशी’ले दशैंमा राम्रो कमाई गरेकाले मल्टीप्लेक्सहरुले उतारिसकेका छैनन् । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले शुक्रबार र शनिबार (कात्तिक २४ र २५ गते)का लागि ‘भष्मे डन’लाई काठमाडौं उपत्यकामा ७/७ शोज दिएको छ । उपत्यकाबाहिर भने क्यूएफएक्सले शुक्रबारबाट फिल्मलाई हटाउने देखिन्छ । जसले गर्दा फिल्मलाई एउटै शोज बाँडिएको छैन ।

‘परदेशी’लाई भने क्यूएफएक्सले शुक्रबार र शनिबार काठमाडौंमा २/२ शोज, बुटवलमा शुक्रबार १ शोज, नेपालगञ्ज र विर्तामोडमा शुक्रबार र शनिबार समान १/१ शोज, नारायणगढमा शुक्रबार २ शोज र शनिबार १ शोज बाँडेको छ । यसरी हेर्दा यी दुवै फिल्मले चर्को प्रतिस्पर्धाबीच पनि क्यूएफएक्स चेनमा शनिबारसम्म सुखद् शोज पाएका छन् । ‘टाइगर ३’पछि दुवै फिल्म उतारिने देखिन्छ ।

अबको शनिबारसम्म आइएनआई सिनेमाज्, वान सिनेमाज्, विएसआर मुभिज, एफक्यूब सिनेमाज्, रञ्जना सिनेप्लेक्स, बिग मुभिज (भष्मे डनलाई मात्र भोलिसम्म) लगायतले दुवै फिल्मलाई एउटा मात्रै भए पनि शोज बाँडेका छन् । आइतबारबाट ‘टाइगर ३’का कारण दुवै फिल्मलाई कुनै मल्टीप्लेक्सहरुले शोज दिएका छैनन् । अर्थात् यी दुईटै फिल्मको आयु शनिबारसम्मका लागि देखिन्छ ।