मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अस्पतालबाट डिस्चार्ज भए प्रकाश घिमिरे

फिल्मीखबर, काठमाडौं, 2023/11/09

Prakash Ghimire

 

अभिनयमा पारंगत मानिने कलाकार प्रकाश घिमिरे १३औं दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा क्रमिक सुधार आएपछि उनलाई बुधबार दिउँसो मणिपाल शिक्षण अस्पतालले डिस्चार्ज गरेको हो । कात्तिक १० गते बिहान पोखरास्थित नदीपुर-३ मा गाईका लागि घाँस काट्न जाने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका उनलाई मणिपाल अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई अस्पतालले पूर्ण रुपमा स्वस्थ नहुँदासम्म हरेक हप्ता चेकजाँचका लागि आउन भनेको छ । उनको टाउकोमा लागेको चोट पनि निको हुन थालेको अस्पतालले जनाएको छ । उनलाई यही आइतबार आइसियूबाट वार्डमा सारिएको थियो । घाइते भएपछि हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी भैरहँदा चिकित्सकले मणिपालमै उपचार हुने भनेपछि उनको यहीँ उपचार गरिएको थियो ।

नाटकबाट अभिनय यात्रा सुरु गरेका उनले तीन दर्जन बढी नाटक र त्यही आसपासमा नेपाली फिल्ममा अभिनय गरेका छन् । ३७ वर्ष शिक्षण समेत गरेका उनी अभिनित फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’ अहिले प्रदर्शनरत छ । पोखराबाटै अभिनय कर्मलाई निरन्तरता दिँदै आइरहेका उनी निको भएपछि रामबाबु गुरुङको ‘डिग्री माइला’ र प्रदीप भट्टराईको ‘महाजात्रा’मा व्यस्त हुनेछन् ।

 

तस्वीर : गण्डक न्यूज