दशैंको अवसरमा टिजर र गीत सार्वजनिक गर्दै आगामी मंसिर ८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘बिच्छेद’ पोस्टपोन्ड भएको छ । प्रचारका लागि पर्याप्त समय नपुगेको र पोस्ट प्रोडक्सनको काम भ्याउन अझै समय लाग्ने भएपछि फिल्मको रिलिज पोस्टपोन्ड गरिएको निर्देशक सत्यराज चौलागाईँले जानकारी दिए । तिहारपछि नयाँ प्रदर्शन मिति निश्चित गरिने उनको भनाई छ ।
यसै हप्ता एक गीत खिच्दै अब फिल्मको छायांकन सकिएको पनि निर्देशक चौलागाईँले बताए । यो उनको दोस्रो निर्देशकिय फिल्म हो । मुकुन भुसाल र लक्ष्मी बर्देवाको मुख्य भूमिका रहेको फिल्ममा हिउँवाला गौतम, लय सङ्ग्रौला, प्रिया रिजाल, सुष्मा निरौला, जीवन थापा, सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, जयराम सापकोटा आदिको अभिनय छ । सङ्कल्प भुजेल छायाँकार हुन् ।
फिल्मको निर्मातामा राज कुमार पण्डित, दिमेश श्रेष्ठ, सुवास राई र सावित्री बज्राचार्य छन् भने सह-निर्मातामा प्रविन राजथला छन् । नविन पुरीले प्रोडक्शन डिजाइन गरेको ‘बिच्छेद’मा भुपेन्द्र अधिकारीको सम्पादन, समीर मियाको भिएफएक्स, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर तथा रेनिश फागोको कलर ग्रेडिङ छ । निर्देशक चौलागाईँले फिल्म सामाजिक विषयमा बनेको बताएका छन् ।