मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘टाइगर ३’को सुनामी व्यापार, दुई दिनमै सय करोड

एजेन्सी, मुम्बई, 2023/11/14

Salman Khan-Katrina Kaif's 'Tiger 3': Three highs and lows of the spy film  - India Today

 

सुपरस्टार सलमान खान र कैटरीना कैफ स्टारर फिल्म ‘टाइगर ३’ले भारतीय बक्स अफिसमा सुनामी ल्याएको छ । लक्ष्मीपूजाको अवसर पारेर आइतबारबाट प्रदर्शनमा आएको फिल्मले ४३ करोडको सानदार ओपनिङ गरेको थियो । लक्ष्मीपूजाको दिन भारतमा फिल्मको व्यापार खासै हुँदैन । किनकि, प्रायः पूजाआजामा व्यस्त हुने गर्छन् । यसका बावजूद फिल्मले ठूलो अंक जोडेको थियो ।

दोस्रो दिन फिल्मले व्यापारमा उछाल कायम गरेको छ । सोमबार फिल्मले ५८ करोड कमाई गरेको ट्रेड एनालिस्ट तरण आदर्शले जानकारी गराएका छन् । योसँगै फिल्मले दुई दिनमा भारतीय बजारबाट एक सय एक करोड कमाएको छ । सय करोड कमाउने सलमान खानको यो १७औं फिल्म समेत बनेको छ । २०२३ मा ‘पठान’ र ‘जवान’ले पनि दुई दिनमा एक सय करोड छापेका थिए ।

त्यसैगरी, फिल्मले तमिल र तेलुगू भाषामा दुई दिनमा २ करोड ७५ लाख कमाएको तरण आदर्शले उल्लेख गरेका छन् । फिल्मको व्यापारबारे उनी लेख्छन्, ‘दोस्रो दिन फिल्मले असाधारण प्रदर्शन गरेको छ । पहिलो दिन फिल्मले केही सर्किटका कारण कमजोर प्रदर्शन गर्‍यो । तर, दोस्रो दिन असाधारण वृद्धिले फिल्म आफ्नो ‘ट्रयाक’मा फर्किएको छ ।’ फिल्मका निर्देशक मनीष शर्मा हुन् ।

फिल्मले अब्बल प्रतिक्रिया पाउन सकेको छैन । पहिलो हाफ कमजोर र दोस्रो हाफ औसत रहेको प्रतिक्रिया दर्शकबाट आइरहेको छ । जसले गर्दा तेस्रो दिनबाट फिल्मको व्यापारमा गिरावट आउन सक्ने प्रक्षेपण गरिएको छ । फिल्ममा एक्सन सिन समेत औसत छन् । झण्डै तीन सय करोडमा निर्माण भएको फिल्मका लागि सलमान खानले मात्र एक सय करोड पारिश्रमिक लिएको चर्चा छ ।