मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विदेशी फिल्मसरह शो नदिए शुक्रबारबाट ‘दिमाग खराब’ उतारिने

फिल्मीखबर, काठमाडौं, 2023/11/15

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘दिमाग खराब’ले ओपनिङ कमजोर गरे पनि तिहार विदामा व्यापार बढाएको छ । फिल्मको ‘वर्ड अफ माउथ’ राम्रो छ । तर, आइतबारबाट प्रदर्शनमा आएको बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘टाइगर ३’का कारण मल्टीप्लेक्सहरुमा फिल्मको शो खुम्चिन पुगेको छ । यो अवस्थामा फिल्मलाई लगानी सुरक्षित गर्न नै मुश्किल पर्ने देखिन्छ ।

हल व्यावसायीहरुले ‘टाइगर ३’लाई काखी च्यापेपछि ‘दिमाग खराब’का निर्माता तथा निर्देशक निश्चल बस्नेतले शुक्रबारदेखि विदेशी फिल्मसरह शो नदिए फिल्मको प्रदर्शन नै रोक्ने चेतावनी दिएका छन् । र, उनले फिल्म प्रदर्शन अवधिभर वितरक र निर्मातालाई ५०/५० प्रतिशत शेयर बाँडफाँडको समेत माग गरेका छन् । अन्यथा फिल्म देखाउन अर्को माध्यम खोजिनेको निश्चलको भनाई छ ।

 

निश्चलका फिल्म पुरुष केन्द्रित किन हुन्छन् ? के 'दिमाग खराब' मुक्त छ ?


बुधबार फेसबुक लाइभमा उनले भनेका छन्, ‘अब फिल्म चलाउने दुईटा मात्र आधार छ । आउने शुक्रबारदेखि विदेशी फिल्मसरह नेपाली फिल्मको शो हुँदैन र निर्माताले हलमा फिल्म चलुन्जेल ५० प्रतिशत शेयर पाइरहँदैन भने हामीले फिल्म नचलाउने निर्णय गरेका छौं । हाम्रो माग सम्बोधन भएन भने शुक्रबारबाट फिल्म उतार्छौं । चेपिएर फिल्म चलाउनुभन्दा अरु माध्यमबाट देखाउँछौं ।’

उनले दुई दिन फिल्मको अकुपेन्सी राम्रो नभए पनि सुखद् ‘वर्ड अफ माउथ’ले आइतबारबाट ‘पिकअप’ लिन थालेको पनि उल्लेख गरेका छन् । फिल्मको अकुपेन्सी दिनप्रतिदिन दोब्बरले बढिरहेको अवस्थामा पनि फिल्मले पर्याप्त शो नपाएको उनको गुनासो छ । हल व्यवसायी र वितरकले नेपाली फिल्मलाई प्राथमिकता नदिने हो भने मेकरले पनि हलको विकल्प खोज्नुपर्ने उनको तर्क छ ।

 

cinema arts


निश्चलले कसैसँग निहुँ या रिस राखेर यो निर्णय नलिएको पनि स्पष्ट पारेका छन् । ‘सबैले लगानी गरेपछि प्रतिफल राम्रो आयोस् भन्ने चाहन्छन् । हामीले पनि त्यही आशा गरेका हौं । यदि मैले उठाएको कुराहरु सही लाग्छ भने दर्शक र मेकरले समर्थन गरिदिनुहुन्छ भन्ने आशा राखेको छु,’ उनले भनेका छन् । लाइभमार्फत् उनले फिल्ममा ४ करोडमाथि खर्च भएको पनि जानकारी गराएका छन् ।