मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मध्यपूर्वका देशमा ‘दिमाग खराब’को सुखद् ओपनिङ

फिल्मीख, काठमाडौं, 2023/11/17

dimag kharab 2

 

तिहारको अवसर पारेर कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको निश्चल बस्नेतद्वारा निर्देशित फिल्म ‘दिमाग खराब’ले नेपालमा सुखद् व्यापार गरिरहेको अवस्थामा शुक्रबारबाट मध्यपूर्वका देशहरुमा पनि प्रदर्शन सुरु भएको छ । दुबई, बहराइन र कतारमा एकसाथ फिल्म प्रदर्शनमा आएको वितरक अनिशसिंह ठकुरीले जानकारी दिए । साथै, फिल्मले सुखद् ‘ओपनिङ’ गरेको उनको दाबी छ ।

ठकुरीका अनुसार, फिल्मले दुबईमा १७, कतारमा १५ र बहराइनमा ७ शोज पाएको छ । ‘नेपाली फिल्मले मध्यपूर्वका देशमा यति शोज पाउनु धेरै राम्रो हो,’ उनले भने, ‘नेपालमा दर्शक संख्या राम्रो हुँदाहुँदै ‘दिमाग खराब’ले कम शोज पाएको अवस्थामा हामीले दुबईमा भने राम्रो शोज पाएका छौं । पहिलो दिन प्रायः हलमा हाउसफुल दर्शक देखिएका थिए । त्यसैले शोज अझै बढ्न सक्छ ।’

ठकुरीका अनुसार, यही २४ तारिखदेखि सिंगापुर, मलेसिया, ओमान, कुवेत र इराकमा पनि फिल्म प्रदर्शन हुँदैछ । नेपालमा राम्रो प्रतिक्रिया प्राप्त गरेपछि विदेशमा फिल्मको डिमाण्ड बढ्न थालेको छ । फिल्ममा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा, विजय बराल, सुमन कार्की आदिको मुख्य भूमिका छ । फिल्म राजनीतिक र सामाजिक विषयमा आधारित छ ।

 

dimag kharab 2


प्रदर्शनको दुई दिन नेपालमा फिल्मको व्यापार राम्रो थिएन । जसले गर्दा निर्मातामा निराशा छाएको थियो । तर, अब्बल ‘वर्ड अफ माउथ’ले तिहार विदामा फिल्मको अकुपेन्सी बढ्यो । अब फिल्म सफल हुने सम्भावना बढेको छ । दर्शकको चापलाई मध्यनजर गर्दै मल्टीप्लेक्सहरुले समेत शोजमा वृद्धि गर्न थालेका छन् । फिल्मले छठ विदासम्म बक्स अफिसमा राम्रो अंक जोड्ने देखिन्छ ।