मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

‘टाइगर ३’ : फ्लपको खतरा

एजेन्सी, मुम्बई, 2023/11/21

Tiger 3 Box Office Collection Day 1 (Early Trends): Salman Khan Beats Shah  Rukh Khan's Record To Earn Almost 2.5 Times More (Without Inflation)  Entering The 40 Crore Club In Style Like A Boss!

 

६ वर्षदेखि एउटा ‘क्लिन हिट’ फिल्मको पखाईमा थिए, सुपरस्टार सलमान खान । उनलाई ठूलो आशा फिल्म ‘टाइगर ३’लाई लिएर थियो । सुपरहिट फिल्मको श्रृंखला भएकाले सफलताको सम्भावना उच्च थियो । तर, क्रिकेट वर्ल्डकपको प्रभाव र फिल्म आफैंमा कमजोर हुँदा फ्लपको खतरा बढेको छ । ३ सय करोडको लागतमा बनेको फिल्मलाई लगानी उठाउन पनि कठिन भइरहेको छ ।

फिल्मको कमाई तीन दिन दमदार रह्यो । लक्ष्मीपूजाको बावजूद पहिलो दिन फिल्मले ४३ करोडको बम्पर ओपनिङ गरेको थियो । दोस्रो दिन ५८ करोड र तेस्रो दिन ४३ करोड ५० लाख कमायो । यसपछि फिल्मले एक दिनमा २० करोडमाथि जोड्न सकेको छैन । पहिलो हप्ता फिल्मले २ सय १४ करोड २५ लाख छापेको थियो । दोस्रो हप्तामा फिल्मको व्यापार निकै कमजोर बनिरहेको छ ।

सोमबार फिल्मले ६ करोड मात्रै कमाएको इन्डिया एक्सप्रेसले उल्लेख गरेको छ । प्रदर्शनको ९ दिनमा फिल्मको कमाई २ सय २६ करोड पुगेको छ । फिल्मको कमजोर बन्दै गएको व्यापारले ३ सय करोडको आँकडा सम्भव देखिँदैन । फिल्मले बक्स अफिसबाट लगानी उठाउन ४ सय करोडको आँकडा नघाउनु पर्ने हुन्छ, जुन अब असम्भवझैँ छ । यो हुँदा फिल्मलाई फ्लपको ट्याग लाग्नेछ ।

प्रदर्शनपूर्व फिल्मको हाइप हेर्दा ५ सय करोड प्रक्षेपण गरिएको थियो । तर, ‘वर्ड अफ माउथ’ नै अब्बल नहुँदा फिल्मको व्यापारमा निरन्तर गिरावट आउन थाल्यो । र, भारतमा भएको क्रिकेट वर्ल्डकपले पनि फिल्मको व्यापार राम्रै विथोल्यो । ‘टाइगर ३’ हलको व्यापारले फ्लपको खतरा भए पनि निर्माण कम्पनी यशराजले प्रदर्शनभन्दा अगाडि नै विभिन्न राइट्सबाट लगानी उठाइसकेको छ ।