मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘उपहार’ गीत हिट कि फ्लप ?

फिल्मीखबर, काठमाडौं, 2023/11/23

Rekha Thapa, Benisha Hamal, Pooja Sharma, Mukun

 

फिल्मको चर्चादेखि व्यापारसम्म गीतले ठूलो अर्थ राख्छ । गीत लोकप्रिय हुँदा फिल्मको राम्रो हाइप निर्माण हुन्छ भने केही हदसम्म हलको व्यापारमा पनि फाइदा पुग्छ । यसैले नेपाली मेकरहरुले गीत छनोटमा विशेष ध्यान दिने गरेका छन् । र, भिडियो निर्माणमा पनि कुनै चीजमा ‘कञ्जुसाइँ’ गर्दैनन् । अहिलेको अवस्थामा एउटा गीतको अडियो र भिडियोमा मात्र १० लाख बढी खर्च हुने गर्छ ।

आगामी फागुन २५ गतेदेखि प्रदर्शन हुन लागेको ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘उपहार’को ‘वाह् वाह् वाह्’ गीतमा पनि राम्रो खर्च गरिएको छ । तर, के खर्चअनुसार गीतले लोकप्रियता हासिल गर्न सक्यो त ? फिल्म प्रदर्शनको झण्डै साढे ३ महिना अगाडि गीत सार्वजनिक गरिएको थियो । विशेषगरि, तिहारलाई मध्यनजर गरेर । तर, तिहारमा यो गीत उत्तिधेरै प्राथमिकतामा परेको देखिएन ।

प्रतिबन्ध हुनुभन्दा अघि कति गीतहरु टिकटक एपमा चल्ने गरेका थिए । तर, ‘उपहार’को गीत टिकटकमा समेत खासै चल्न सकेन । युट्युबमा भने गीतले सन्तोषजक भ्यूज पाएको छ । २ हप्तामा गीतलाई २० लाख बढीले हेरेका छन् । स्टारकास्टको हिसाबले यो अंक औसत हो । तर, पछिल्लो समय युट्युबको भ्यूज प्रभावित भएको अवस्था छ । चलेका गीतको पनि युट्युब भ्यूज कमजोर छ ।

चर्चाको मुल्यांकनमा ‘उपहार’को गीत हिट हुनबाट चुकेको छ । तर, सुखद् युट्युब भ्यूजले फ्लप हुनबाट पनि बचेको छ । समग्रमा गीत औसत चलेको छ । अब यसले फिल्मको व्यापारमा कति फाइदा पुग्छ, त्यो हेर्न बाँकी छ । गीतमा रेखा थापा, मुकुन भुषाल, पूजा शर्मा, समर्पण जंग कार्की, बेनिशा हमाल र तेज गिरी फिचर्ड छन् । यो फिल्मलाई रेखाको स्टारडमको परीक्षा भनिएको छ ।